आन्दोलनरत दललाई वार्तामा बस्न मधेशका मुख्यमन्त्री यादवको आग्रह

Published on

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार प्रदेशवासीको नाममा सम्बोधन गर्दै वर्तमान राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।  सम्बोधनका क्रममा उहाँले मधेशमा जारी आन्दोलन अन्त्य गर्न संवाद र सहकार्य नै एकमात्र मार्ग भएको जिकिर गर्दै आन्दोलनरत दललाई वार्ताको टेबलमा आउन अपील गर्नुभएको हो । मुख्यमन्त्री यादवले सडक सङ्घर्षले समस्याको समाधान नहुने उल्लेख गर्दै भन्नुभयो, “सडकमा आन्दोलन गर्नुभन्दा आउनुस्, बसेर वार्ता गरौँ, समस्याको समाधान मिलेर खोजौँ।”

उहाँले आफूले कुनै पनि दलसँग प्रतिस्पर्धा नभएको स्पष्ट गर्दै मधेशका गरिब, प्रदेशको शान्तिसुरक्षा र समृद्धि नै आफ्नो प्राथमिकता रहेको बताउनुभयो। उहाँले कोशी प्रदेशमा समेत राजनीतिक असन्तुष्टि हुँदाहुँदै दलहरू सडक सङ्घर्षमा नउत्रिएको उदाहरण प्रस्तुत गर्दै मधेशमा पनि संयमता र राजनीतिक परिपक्वता देखाउन आग्रह गर्नुभयो।

साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसका  नेताकार्यकर्तालाई पार्टी मार्गदर्शनअनुसार व्यवहार देखाउनुभयो। सम्बोधनमा भारतीय दूतावासको हस्तक्षेप भएको आरोप पनि मुख्यमन्त्री यादवले सार्वजनिक गर्नुभयो। उहाँले जेनजी आन्दोलनपछि सङ्घ र प्रदेशमा सरकार गठनको बेला मन्त्री चयनसमेत भारतीय दूतावासको चासो देखिएको दाबी गर्नुभयो।  आफू र आफ्ना मन्त्रीहरू सुरक्षा चुनौतीमा रहेको उहाँले उल्लेख गर्नुभयो।

साथै मुख्यमन्त्री यादवले नयाँ पहलको घोषणा गर्दै अबदेखि प्रत्येक बिहान ७ः१५ देखि ८ बजेसम्म ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनुभयो। यसमार्फत आम नागरिकसँग प्रत्यक्ष संवाद गरी समस्या तथा सुझाव सुन्ने उद्देश्य रहेको बताइएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...