अशक्त युवा सन्तोषले पाए घरमै नागरिकता

Published on

काठमाडौं । गोरखा नगरपालिका – ३ घलाङका २८ वर्षीय सन्तोष श्रेष्ठले अन्तत घरमै नागरिकता प्राप्त गरेका छन् । शारीरिक रुपमा पूर्ण अशक्त रहेकाले कार्यालय सम्म जान नसक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले विशेष पहलमार्फत नागरिता वितरण प्रक्रिया सहज बनाएको हो ।

२०५४ साल पुस १ गते जन्मिएका सन्तोष बुबा पृथ्वी नारायण श्रेष्ठ र आमा पम्फा श्रेष्ठका जेठा सन्तान जन्मेदेखि नै शारीरिक अशक्त रहेका कारण उहाँ लामो समयदेखि कठिनाई भोगीरहेकाले गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल नेतृत्वको टोली आइतबार घरमै पुगेको थियो ।

विशेष गरी नागरिकता नहुँदा उपचार हक, अधिकार उपयोग तथा आर्थिक लेनदेनका काममा थप समस्या हुदै गएपछि अशक्त सन्तोषका परिवारले वडा अध्यक्ष चुल बहादुर कुबँरलाई जानकारी गराएपछि वडा अध्यक्ष कुँवरले प्रशासनसँग समन्वय गरी घरमै नागरिकता दिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

अशक्त युवा सन्तोषको अपाङ्गता भएका व्यक्तिको नाममा जम्मा भएको रकम पनि झिक्न समेत नागरिकता नहुदा वर्षौदेखि समस्या हुँदै आएको थियो । आइतबार नागरिकता पाएपछि सबै समस्या अन्त्य भएको वडा अध्यक्ष कुँवरको भनाइ छ ।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले शारीरिक अशक्त वा अन्य कारणले कार्यालय आउन नसक्ने नागरिकलाई घरमै सेबा पु–याउने अभियान जिल्ला प्रशासन कार्यालय गोरखाले अब छिटै सञ्चालन गरिने पनि उहाँले बताउनुभयो ।

‘‘राज्यको सेवा सबैले पाउनु नै सबैभन्दा ठुलो अधिकार हो,’’ सहायक प्रमुख जिल्ला अधिकारी बरालले भन्नुभयो, ‘‘जिल्ला भित्रका सन्तोष श्रेष्ठ जस्तै अशक्तहरुलाई घरमै गएर नागरिकता उपलब्ध गराउनु हाम्रो दायित्व हो ।’’

नागरिकता प्राप्त भएपछि अब सन्तोषले अपाङगता परिचयपत्र, सामाजिक सुरक्षा भत्ता, बैंकिङ सेवा तथा अन्य कानुनी कामहरु सहज हुने भएपछि परिवारले यसका लागि जिल्ला प्रशासन कार्यालय गोरखा, स्थानीय तह र सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...