सुरक्षा अधिकारीद्वारा बाँकेका मतदान केन्द्रको स्थलगत अनुगमन

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा अधिकारीहरुले जिल्लाका निर्वाचन केन्द्रहरुको स्थलगत रुपमा अनुगमन निरीक्षण गर्ने कार्य सुरु गर्नुभएको छ । जिल्लामा कायम गरिएका मतदानस्थल र मतदान केन्द्रहरुको सुरक्षा दृष्टिकोणले समग्र अवस्था बुझ्न तथा सोही बमोजिम स्थानीय सुरक्षा रणनीति तयार पार्न मतदान स्थलहरुको स्थलगत अनुगमन निरीक्षण सुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो ।

उहाँले निर्वाचनमा शान्ति सुरक्षा प्रमुख विषय भएको जनाउँदै सुरक्षा अवस्थामा कुनै चुक हुन नदिन स्थलगत रुपमा मतदानस्थलमै पुगेर समग्र अवस्था अध्ययन गरिरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तामाङले निर्वाचन सुरक्षा प्रशासन र प्रहरीको जिम्मेवारी भएकाले निर्वाचनका बेला खटाउनुपर्ने सुरक्षाकर्मीको सङ्ख्या र भौतिक पूर्वाधारको अवस्था कस्तो छ भनेर स्थलगत रुपमा अनुगमन गरिरहेको प्रष्ट पार्नुभयो । उहाँले हालसम्म नरैैनापुर, राप्ती सोनारी, खजुरा र डुडुवा गाउँपालिकाका विभिन्न मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरेर अवस्था बुझ्ने कार्य भएको र सो क्रम जारी रहेको बताउनुभयो ।

मतदानस्थल र मतदान केन्द्रको अवस्था तथा संवेदनशीलताका सम्बन्धमा विस्तृत जानकारी अध्ययन गरेर प्रतिवेदन दिन सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक कार्यदल गठन गरिएको प्रजिअ तामाङ्ले बताउनुभयो । कार्यदलको प्रतिवेदनलाई हेरेर सुरक्षा रणनीति र योजना तयार गरिने पनि उहाँले जनाउनुभयो ।    उता, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले पनि निर्वाचन सुरक्षालाई लक्षित गरेर जिल्लाका सुरक्षा प्रमुखहरुले फिल्डमा गएर मतदान केन्द्र र स्थलको अनुगमन गरिरहेको बताउनुभयो । उहाँले अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्र निश्चित गरेर सोही अनुसार चुनावको बेला सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो ।

मतदानस्थल र मतदान केन्द्रको स्थलगत अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी तामाङ, प्रहरी प्रमुख जिसीसँगै राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख हरिस बिष्ट र सशस्त्र प्रहरी बाँके बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक शोभाकान्त खनालको सहभागिता छ ।  निर्वाचन आयोगले बाँकेमा १३८ मतदान स्थल र ३८० मतदान केन्द्र निर्धारण गरेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...