प्रधानमन्त्री कार्की नागरिक समाजका अगुवासँग अन्तर्क्रिया गर्दै

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समुचित वातावरण निर्माण गर्ने उद्देश्यले नागरिक समाजका अगुवा तथा प्रतिनिधिसँग अन्तर्क्रियामा सुरु गर्नुभएको छ।  यसअघि उहाँले राजनीतिक दलका शीर्ष नेताहरू, जेन–जी समूहका प्रतिनिधि तथा सातै प्रदेशका मुख्यमन्त्रीसँग समेत छलफल सम्पन्न गरिसक्नु भएको छ।

सरकारद्वारा तय गरिएको निर्वाचन पूर्वतयारी प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको यस अन्तर्क्रियामा नागरिक समाजको भूमिकाबारे विस्तृत विचार–विमर्श गरिने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो।

आजको अन्तर्क्रियामा नागरिक समाजका अगुवा/प्रतिनिधिहरूमा इन्द्र अधिकारी, सुबाेधराज प्याकुरेल, जेबी. विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेहा शर्मा, दोवन राई, नयनतारा गुरुङ, निर्गा नवीन, विजय तिमिल्सिना, खगेन्द्र सङ्ग्रौला, तुलानारायण शाह, रेवन्ती कार्की, शिशिर उप्रेती, डा. दीपेश घिमिरे र राजुप्रसाद चापागाईं सहभागी हुनुहुन्छ । गोरखापत्र 

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...