छ लाख २० हजार नयाँ मतदाता दर्ता, आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित गरेर अभियान तीव्र

Published on

काठमाडौं । निर्वाचन आयोगले छ लाख २० हजार नयाँ मतदाता नाम दर्ता भएको जानकारी दिएको छ। आयोगका अनुसार यो तथ्यांक सोमबार राति ९ बजेसम्म अद्यावधिक गरिएको हो। आयोगले सार्वजनिक गरेको विवरणअनुसार तीन लाख ११ हजार ४१४ जना मतदाता आयोगको नियमित सर्भरमार्फत् दर्ता भएका छन् भने तीन लाख आठ हजार ५८५ जना राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ मतदाता थपिएका छन्।

जेनजीलाई लक्षित गर्दै आयोगले अध्यादेशमार्फत् मतदाता नामावली दर्ता खुला गरेको छ। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै देशभर मतदाता नामावली सङ्कलन जारी छ। पहिलो चरणमा कात्तिक ३० गतेसम्म मात्र दर्ता खुलाइएको थियो, तर पछाडि समय थपेर मंसिर ५ गतेसम्म नयाँ मतदाता नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...