सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ ।  खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो । कृषि विकास निर्देशनालय सुदूरपश्चिमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा एक लाख ८३ हजार ३१७ क्षेत्रफल हेक्टरमा धानखेती गरिएकामा छ लाख ४८ हजार ९२४ मेट्रिक टन धान उत्पादन भएको थियो । सो आर्थिक वर्षमा यो प्रदेशमा धानको उत्पादकत्व तीन दशमलव ५४ रहेको थियो । 

त्यसैगरी, एक लाख ४४ हजार ५८२ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा तीन लाख ३१ हजार ९२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । सो आवमा गहँुको उत्पादकत्व दुई दशमलव २९ रहेको थियो । ५० हजार ६०७ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदा एक लाख चार हजार २५० मेट्रिक टन उत्पादन भएको थियो भने दुई दशमलव ०६ उत्पादकत्व थियो । सत्र हजार ११२ हेक्टरमा उत्पादन भएको कोदोको उत्पादकत्व एक दशमलव १४ रहेको थियो । 

आव २०८०/८१ मा उत्पादन क्षेत्रफल घटे पनि उत्पादकत्व र उत्पादनमा वृद्धि भएको छ । उक्त आवमा धान उत्पादनको क्षेत्रफल चार हजार २४२ हेक्टर घटे पनि उत्पादन र उत्पादकत्व वृद्धि भएको छ । एक लाख ७९ हजार ४६ हेक्टरमा धानखेती हुँदा अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढेर छ लाख ७२ हजार ९२८ मेट्रिक टन पुगेको छ । उत्पादकत्व तीन दशमलव ७६ छ । एक लाख ३९ हजार ७३२ हेक्टरमा उत्पादन भएको गहँुको उत्पादकत्व वृद्धि भएर दुई दशमलव ३५ पुग्दा तीन लाख २८ हजार ६९ मेट्रिक टन उत्पादन भएको छ ।

त्यसैगरी, ४९ हजार २५८ हेक्टरमा मकै उत्पादन हुँदा उत्पादकत्व दुई दशमलव १७ रहेको थियो । मकैको उत्पादन वृद्धि भएर एक लाख छ हजार ९९७ मेट्रिक टन पुगेको छ । हरेक वर्ष उत्पादनको क्षेत्रफल घट्दा पनि उत्पादनमा वृद्धि हुँदै गएको निर्देशनालयको तथ्याङ्क छ । आव २०८२/८३ मा धान उत्पादनको क्षेत्रफल घटेर एक लाख ७७ हजार २३० पुग्दा उत्पादकत्व बढेर तीन दशमलव ८८ पुगेको छभने छ लाख ८६ हजार ८८७ मेट्रिक टन धान उत्पादन भएको छ । 

निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले सुदूरपश्चिममा बाली उत्पादनमा वृद्धि हुँदै आएको बताउनुभयो । “सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा धेरै उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “खेती गर्ने तरिकामा सुधार र उन्नत जातको बीउका कारण हरेक वर्ष उत्पादन र उत्पादकत्वमा वृद्धि भएको हो ।” पछिल्लो समयमा सरकारले किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ दिँदै आएको छ । यसबाहेक किसानहरूले प्राङ्गारिक मलको प्रयोग, सिचाँइको उपलब्धता र सरकारी अनुदान र प्राविधिक सहयोगले उत्पादनमा वृद्धि भएको कृषि अधिकृतहरू बताउँछन् ।

“उन्नत जातको बीउले १० देखि १५ प्रतिशतसम्म उत्पादन बढाउँछ”, सूचना अधिकारी पाण्डेयले भन्नुभयो, “खेती गर्ने तरिकाले पनि उत्पादनमा फरक पार्छ ।” निर्देशनालयका अनुसार सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा धानको उत्पादकत्व बढी छ । कञ्चनपुरमा चार दशमलव छ र कैलालीमा चार दशमलव पाँच प्रतिहेक्टर उत्पादकत्व रहेको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको बताउनुभयो । ज्ञान केन्द्रले किसानलाई अनुदानमा सिँचाइ सुविधा उपलब्ध नभएको ठाउँमा साना सिँचाइ जडानसमेत गर्ने गरेको उहाँले बताउनुभयो । गत वर्ष ज्ञान केन्द्रले यहाँका नौवटा स्थानीय तहमा सात सय ७६ साना सिँचाइ ९ट्युबेल० जडान गरेको थियो । “हामीले किसानलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र सिँचाइ सुविधा उपलब्ध गराउँदै आएका छाँै”, उहाँले भन्नुभयो, “जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ ।” उहाँका अनुसार कञ्चनपुरमा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ । 

कञ्चनपुरमा हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई अन्न भण्डारका रूपमा चिनिन्छ । यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा समेत खाद्य आपूर्ति हुने गरेको छ ।  रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...