सर्लाहीमा कारको ठक्करले एकजनाको मृत्यु, दुर्घटनापछि चालक फरार

Published on

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११, रायमाझीचोक नजिक एक कारको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। बागमती नगरपालिका–४, प्रसाई टोलका ५० वर्षीय केशव शिवाकोटीको मङ्गलबार रातिको उक्त दुर्घटनामा ज्यान गएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।

शिवाकोटी बागमतीमा बालाचतुर्दशी मेला हेरेर घर फर्कँदै गर्दा नम्बर नखुलेको कारले ठक्कर दिएको बताइएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्जस्थित न्यूरो अस्पताल पुर्‍याइएको थियो, जहाँ बुधबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको हो। उक्त कारले पैदलयात्रीलाई ठक्कर दिएपछि बागमती प्रदेश ०३–००१ ख ३४५५ नम्बरको यात्रुवाहक बसलाई पनि ठक्कर दिएर फरार भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय हरिवनका वरिष्ठ प्रहरी नायब निरीक्षक दीपेन्द्र मल्लका अनुसार दुर्घटनामा संलग्न कारको पहिचान भइसकेको छ र चालकको खोजी जारी छ। दुर्घटनामा मानवीय क्षति भएपछि घटनाबारे प्रत्यक्षरूपमा बुझ्न जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्का बुधबार बिहान नै बागमती पुगेका छन्।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...