सप्तरीमा थपिए ११ हजार ६७७ जना नयाँ मतदाता

Published on

काठमाडौं । सप्तरी जिल्लामा ११ हजार ६ सय ७७ जना नयाँ मतदाता थपिएको छ । नयाँ मतदाता मध्ये अधिकांश युवा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीको तथ्याङ्क अनुसार ११ हजार ६ सय ७७ जना नयाँ मतदानमा ६ हजार एक सय ८९ पुरूष र पाँच हजार चार सय ८८ जना महिला रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले गत असोज १० गतेदेखि नयाँ मतदाता नामावली दर्ता गर्न सुरू गरेपछि असोज महिनामा एक हजार आठ सय ६४ जना र कात्तिक ३० गतेसम्म नौ हजार आठ सय १३ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका सूचना अधिकृत मालती राईले जानकारी दिनुभएको छ ।

सप्तरीमा विभिन्न उमेरकाले मतदाता नामावलीमा नाम दर्ता गर्न आए पनि नयाँ पुस्ताका मतदाता आउने गरेको निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सुरूमा मतदाता नामावलीमा नाम दर्ता गराउन फाट्टफुट्ट आए पनि पछिल्लो समय आउने सङ्ख्यामा वृद्धि भएकाले कार्यालयमा भिडभाड बढेको छ ।’’ पहिलो चरण असोज मसान्तसम्म र दोस्रो चरण कात्तिक मसान्तसम्म दर्ता गर्ने भनिए पनि समय बढाएर मङ्सिर ५ गतेसम्मका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समय निर्धारण गरिएको छ ।

यसपालि मतदाता नामावलीमा नाम दर्ता गराएर पहिलो पटक मतदान गर्न योग्य भएकोमा गौरव महशुस भइरहेको यसैपाली मतदाता नामावलीमा नाम दर्ता गराउनुभएका बैजु यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यसपालि मतदाता नामावलीमा नाम दर्ता गराएकाहरू युवाहरू उत्सुक र खुशी देखिन्छ ।’’ यसअघि जिल्लामा मतदाताको सङ्ख्या चारलाख १८ हजार सात सय ८२ रहेको थियोे । नयाँ मतदाता थपिएपछि अहिले जिल्लाको मतदाता सङ्ख्या चार लाख ३० हजार चार सय ५९ पुगेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...