कावासोतीमा रातभर ७ जना बन्धक: माक्सधारी दुईजनाद्वारा मोबाइल र सुनका बाला लुटपाट

Published on

काठमाडौं । नवलपुरको सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर गरिएको लुटपाटको घटना सार्वजनिक भएको छ। गत मङ्गलबार राति कावासोती–८ निवासी ४६ वर्षीय सञ्जय खड्काको परिवारलाई दुई जनाको समूहले घरभित्रै नियन्त्रणमा लिएर करिब ६ घण्टासम्म बन्धक बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

माक्स लगाएर घरभित्र प्रवेश गरेका ती दुई जनाले खड्का परिवारको एक थान आइफोन, दुई थान रेडमि मोबाइल फोन तथा श्रीमतीका सुनका बाला लुटेको प्रहरीले जनाएको छ। अन्य सामान भने चोरी भएको छैन। घरमा जडान गरिएको सिसीटिभीमा पनि माक्स लगाएका दुई जनै देखिएको प्रहरीले बताएको छ। उनीहरू ज्यान लिनेसम्मका उद्देश्यले आएको हुनसक्ने आशङ्कामा अनुसन्धान तीव्र बनाइएको छ।

साँझ ७ बजेदेखि नियन्त्रणमा पारिएका परिवारका सदस्यहरू राति १ बजेतिर हारगुहार सुनेपछि लुटेरा फरार भएका थिए। पीडित सञ्जय खड्काका अनुसार लुटेराहरूले आफूहरू सामाजिक अभियन्ता भएको दाबी गर्दै स्थानीय मिटरब्याजीसम्बन्धी कार्यमा आएको जस्तो देखाएका थिए। निरन्तर धम्कीपछि आफूलाई मुक्का हानेपछि परिवारले प्रतिकार गर्दा ती व्यक्तिहरू मोबाइल र सुनका बाला लिएर भागेको उनले बताए। जिल्ला प्रहरी कार्यालय नवलपुरबाट करिब १ किलोमिटर दूरीमै भएको यस घटनाले स्थानीयवासीमा त्रास फैलिएको कावासोती–८ का कपिलदेव भुसालले बताए।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...