योजना आयोगको उपाध्यक्षमा निरौला

Published on

काठमाडौं । कोशी प्रदेश सरकारको प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगर महानगरपालिकाका तारानाथ निरौला नियुक्त हुनुभएको छ । बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका  उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कात्तिक २० गतेदेखि लागु हुने गरी दिएको राजीनामा स्वीकृत गर्दै बुधबार बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको‌ हो ।

 त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र खाद्य प्रविधिमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका निरौलाले स्थानीय तहको योजना तर्जुमा, क्षमता विकास र मापदण्ड निर्धारणमा प्रदेश तथा सङ्घीय सरकारको विज्ञका रूपमा रहेका काम गरिसक्नुभएको छ । उहाँले कोशी प्रदेश सरकारको दोस्रो आवधिक योजना निर्माणमा समेत विज्ञका रूपमा रहेर काम गर्नुभएको थियो । यसअघि उहाँले हात्तीसार क्याम्पस धरानमा एक वर्ष, हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा १४ वर्ष र विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा एक वर्ष प्राध्यापनसमेत गर्नुभएको थियो । 

त्यसै गरी उहाँसँग स्थानीय तहमा रहेर लामो समय काम गरेको अनुभवसमेत रहेको छ । उहाँले हेटौँडा महानगरपालिकामा २०५१ सालदेखि २०५७ सालसम्म र विराटनगर महानगरपालिकामा विसं २०५७ देखि विसं २०७० सालसम्म खाद्य प्रविधिलगायत विभिन्न शाखाको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । त्यस्तै नवनियुक्त निरौलासँग बैङ्क तथा वित्तीय क्षेत्रको समेत १० वर्षभन्दा बढीको अनुभव रहेको छ  । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...