इनास नेपालको सत्र सदस्यीय कार्यसमिति निर्वाचित

Published on

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित हुनुभएको छ । शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो । उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेतृ रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन् । चलचित्र निर्माण नियन्त्रक शङ्कर पाण्डे महासचिव र राजिन पनेरू सचिव पदमा निर्वाचित भए । कोषाध्यक्षमा चलचित्र वितरक रत्न श्रेष्ठ चुनिनुभएको छ । सदस्यहरूमा खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाई, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्वाचित भएका छन् । अधिवक्ता सेमन्तमणि खेराल प्रमुख निर्वाचन आयुक्त थिए ।

इनासको ग्लोबल सञ्चार प्रतिनिधि (जिसिआर) पदमा सञ्चारकर्मी विष्णु शर्मा चयन हुनुभएको छ । उहाँले संस्थाको ग्लोबल कमिटी र राष्ट्रिय कमिटीबिच सञ्चार समन्वयको भूमिका गर्ने सो अवसरमा जनाइएको छ । इनास नेपाल शाखाका निवर्तमान अध्यक्ष एवं एसिया संयोजकसमेत रहेका गीतकार दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यव्रmमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...