बाँकेको कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण

Published on

काठमाडौं । बाँकेको कोहलपुरमा पश्चिम नेपालकै पहिलो आधुनिक शवदाह गृह निर्माण गरिएको छ । कोहलपुर नगरपालिका—११ स्थित डुडुवा र रोहिनी खोलाको छेउमा सो आधुनिक शवदाह गृहको निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो । शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकले ५० लाख, ग्लोबल आइएमई बैंकले २० लाख, नेपालगन्ज मेडिकल कलेज कोहलपुरले पाँच लाख ५१ हजार, कोहलपुरका विभिन्न सामाजिक सङ्घसंस्था, व्यक्तिलगायतले गरी करिब एक करोड १० लाखभन्दा बढी रकम प्रदान गरेको कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका संयोजक चक्र अधिकारीले बताउनुभयो ।

उहाँले तीन महिनामा निर्माण पूरा गर्ने गरी काम सुरु गरिए पनि एक वर्षमा निर्माण पूरा भएको बताउनुभयो । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले शवदाह गृह निर्माण भएपछि करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्म गएर शव अन्त्येष्टि गर्नुपर्ने झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य भएकोे बताउनुभयो । उहाँले थप्नुभयो, ‘‘कोहलपुरमा शवदाह गृह नहुँदा शव अन्त्येष्टिका लागि राप्तीसोनारीको अगैया र बर्दियाको बबईसम्म समेत लग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो, अब त्यो अवस्थाको अन्त्य भएकोे छ ।’’

कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले गरिब तथा विपन्न परिवारमा कसैको मृत्यु हुँदा शव अन्त्येष्टि गर्न लैजान नै महँगो पर्ने अवस्थाको कोहलपुर शवदाह गृहको निर्माणले अन्त्य गरेको बताउनुभयो । उहाँले यसको रेखदेख र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सो शवदाह गृहमा काठ र मेसिनबाट शव जलाउन मिल्ने व्यवस्था मिलाइएको जनाइएको छ । त्यहाँ मलामीहरू बस्नका लागि अत्याधुनिक भौतिक संरचना बनाउनुका साथै शौचालयको पनि व्यवस्थापन गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...