तोडफोड, आगजनीमा संलग्न २९ जना पक्राउ

Published on

काठमाडौं । जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी र सुरक्षा निकायमाथि आक्रमणका घटनामा संलग्न भएको आरोपमा झापामा एक महिनाको अवधिमा प्रहरीले २९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बिर्तामोड र दमक क्षेत्रमा प्रहरीले यस प्रकारको घटनामा संलग्नको निगरानी र नियन्त्रण कार्य तिब्र बनाएको प्रहरी श्रोतको भनाई छ । यस क्रममा प्रहरीले लुटिएका हतियार तथा गोलीहरु पनि नियण्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार अस्थायी प्रहरी चौकी गरामनीमा गरिएको तोडफोड तथा आगजनीमा संलग्न गरामनीका ३६ वर्षीय गंगाराम लिम्बू र मुसहरडाँडाका १९ वर्षीय सेशेहाङ इङ्नाम लिम्बूलाई विहिबार प्रहरीले घरैबाट पक्राउ गरेको छ । बिर्तामोड तथा आसपासबाट अहिलेसम्म १६ जनालाई पक्राउ गरिसकिएको प्रहरीको भनाइ छ ।

यसैगरी इलाका प्रहरी कार्यालय दमकले पनि विहिबारसम्ममा १३ जनालाई नियन्त्रणमा लिएको जनाईएको छ । अनुसन्धानमा संलग्न प्रहरी श्रोतका अनुसार दमकमा पक्राउ परेकाहरुमध्ये १७ बर्षभन्दा कम उमेरका ३ जना नाबालक छन् । खड्काका अनुसार पक्राउ परेकाहरुलाई अभद्र व्यवहार, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव तथा हतियार-खरखजना मुद्दा दर्ता गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...