कर्मचारी एकैपटक हटेपछि प्रतापपुरमा सेवाप्रवाह प्रभावित

Published on

काठमाडौं । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले एकैपटक ९२ जना कर्मचारी हटाएपछि समग्र सेवाप्रवाह नै प्रभावित भएको छ। कर्मचारी कटौतीसँगै गाउँपालिकाका तीन शाखा पूर्ण रूपमा बन्द हुन पुगेका छन् भने वडा कार्यालयहरूले पनि नियमित सेवा दिने क्षमतामा गिरावट आएको स्थानीय तहले जनाएको छ।

संघीय सरकारको खर्च कटौतीसम्बन्धी परिपत्रअनुसार कर्मचारी घटाइएको भए पनि अहिले गाउँपालिकामै जनशक्ति अभाव गम्भीर चुनौती बनेको छ। गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार कम्तीमा २० जना कर्मचारी तत्काल अपरिहार्य भएकाले भोलि विशेष गाउँसभा बोलाई आवश्यक निर्णय गर्न लागिएको हो। हाल रोजगार, भूमि व्यवस्था तथा महिला–बालबालिका शाखा कर्मचारी नहुँदा पूर्ण रूपमा निष्क्रिय छन्। शाखा नै बन्द गर्नु परेको अवस्थाले न्यूनतम सेवा निरन्तरता कठिन बनेपछि केही कर्मचारी थप्नैपर्ने स्थिति आएको अध्यक्ष यादवले बताए।

उनका अनुसार, “कर्मचारी नथपिए सेवा–प्रवाह ठप्प हुने खतरा छ। त्यसैले आन्तरिक स्रोत वृद्धि गर्ने उपायहरू खोजिरहेको छौँ।” गाउँपालिकाले कम आन्तरिक आम्दानीका कारण आयवृद्धिमा जोड दिएको छ। यसका लागि प्रतापपुर–५ बैदौलीमा पशु हाटबजार सञ्चालन गरी चालु आर्थिक वर्षमा ५० लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको छ। साथै स्थानीय खोलाबाट नदीजन्य पदार्थ ठेक्का दिएर आम्दानी बढाउने योजनामा काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाभित्रका माछा पोखरी तथा विभिन्न हाटबजारलाई व्यवस्थित गर्दै आन्तरिक आय बढाउने योजना पनि अघि बढाइएको छ। अहिले गाउँपालिकाको आन्तरिक स्रोत करिब एक करोड ३० लाख मात्र रहेकाले यसलाई कम्तीमा डेढ करोडले बढाउने लक्ष्य छ। स्रोत सुनिश्चित भएपछि आवश्यक कर्मचारी क्रमशः थप्दै जाने अध्यक्ष यादवले स्पष्ट पारे।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...