अमेरिकी राजदूत थम्पसन धौलागिरी प्रादेशिक अस्पतालमा

Published on

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले सानो सहयोगमा नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन भइरहेको बताउनुभएको छ । उहाँले धौलागिरी प्रादेशिक अस्पताल बागलुङको अवलोकन भ्रमणको क्रममा आमा र शिशुको स्वास्थ्यको क्षेत्रमा परिवर्तनहरु देखा परेको बताउनुभयो ।

अस्पतालमा आउनुभएका राजदूत थम्पसनसहितको टोलीले अस्पतालको मातृशिशु तथा नवजात स्वास्थ्य सेवाको गुणस्तरबारे चासो लिनुभएको थियो । भ्रमण दलमा जेनक्रिल थम्पसन, दक्षिण एशियाका लागि क्षेत्रीय वातावरण अधिकृत प्याट्रिक एस गान, वरिष्ठ परियोजना व्यवस्थापनक नुर पन्त, वरिष्ठ परियोजना व्यवस्थापन विशेषज्ञ इभाना लाहोर, अमेरिकी दुतावासका इमिला र नेपालका कन्ट्री डाइरेक्टर भगवान श्रेष्ठ सहभागि हुनुहुन्थ्यो ।

टोलीलाई अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले स्वागत गर्दै अस्पतालमा भएको सुधारबारे जानकारी गराउनुभएको थियो । युएसएडको सहयोगमा बागलुङमा सञ्चालित पिपिएच, लेवर कियर गाइड, स्मल एण्ड सिट न्युवर्न प्याकेज, एनपिडिएसआर जस्ता तालिम कार्यक्रमले पनि आमा र शिशुको स्वास्थ्य क्षेत्रमा सुधार आएको जानकारी गराइएको थियो । पछिल्लो समय नेपालमा युएसएडको अनुदान बन्द भएको छ । तर उक्त अनुदानले स्वास्थ्य सुधारको क्षेत्रमा पुगेको योगदानलाई राजदुत थम्पसनले प्रशंसा गर्दै आगामी दिनमा पनि यो सहयोग ल्याउन पहल गर्ने प्रतिवद्वता जनाउनुभएको थियो ।

समग्र स्वास्थ्य क्षेत्रमा सहयोग आउन छाडेपछि दूतावासमार्फत आमा र बच्चाको स्वास्थ्य सुधारका लागि आयोजित स्वास्थ्यकर्मीको तालिममा दूतावासले सहयोग गरेको थियो । यस्ता सहयोगलाई अझै बढाएर मातृशिशु क्षेत्रमा सुधार गर्न सकिन्छ भनेर राजदूतसहितका टोली सहमत भएको अस्पतालका प्रमुख डा. तिवारीले बताउनुभयो ।

राजदूत थम्पसनसहितको टोलीले अस्पतालको तालिम हल, सेवाका अन्य विभाग पनि अवलोकन गरेको थियो । अस्पतालको हालका कार्यक्रमबारे अस्पतालका नर्सिङ प्रशासक शान्ति पौडेल र नर्सिङ अधिकृत अजिता सिलवालले जानकारी गराउनुभएको थियो ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...