नवलपुरमा बस दुर्घटना : २० भन्दा बढी घाइते

Published on

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु–८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार बिहान १० बजे तिर नारायणघाटबाट बुटवलतर्फ जाँदे गरेको लु २ ख २८४५ नम्बरको यात्रुबहाक बस दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार करिब ३५ जना यात्रुमध्ये २० भन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रही कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरुलाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ । बस सडकबाट करिव १५ मिटर तल खाल्डोमा खसेको हो । घाइतेहरु सबै खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...