बर्दियामा मोटरसाइकल–गोरुगाडा ठोकिँदा एकको मृत्यु, दुई घाइते

Published on

काठमाडौं । बर्दियामा मोटरसाइकल गोरुगाडासँग ठोकिँदा एक जनाको मृत्यु भएको तथा दुई जना घाइते भएका छन्। दुर्घटनामा परी ज्यान गुमाउने महिला कैलालीको भजनी नगरपालिका–१ की ३० वर्षीया सपना सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकल चालक तथा मृतकका श्रीमान् ३६ वर्षीय चञ्चल सुनार र उनीहरूको ५ वर्षीया छोरी कृष्ण सुनार घाइते भएका छन्। दुबैलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीको भनाइ छ।

गुलरिया–नेपालगञ्ज सडकखण्डअन्तर्गत गुलरिया–११ मा गएराति मोटरसाइकल एक्कासि गोरुगाडामा ठोकिँदा सपना सुनारको टाउकोमा गम्भीर चोट लागेको थियो। बर्दिया अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। गोरुगाडा चलाइरहेका गुलरिया नगरपालिका–५ बालापुरका ४५ वर्षीय कर्ण थारूलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले बताए। लाइट र रिफ्लेक्टर जस्ता सुरक्षा उपकरण नहुँदा गोरुगाडा अन्य सवारी साधनका लागि जोखिमपूर्ण हुँदै आएका छन्। तराइ क्षेत्रका सवारी दुर्घटनाहरूमा गोरुगाडा पनि महत्वपूर्ण कारणमध्ये एक मानिन्छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...