गुल्मी बाझकटेरीमा जिप दुर्घटना : दुई जना घाइते

Published on

काठमाडौं । गुल्मीको मदाने गाउँपालिका-२ बाझकटेरी ओखरागैरामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अग्लुङ पुर्कोटदह सडक खण्डमा अग्लुङदेखि पुर्कोटदहतर्फ आउँदै गरेको ग १ ज ५५३१ नं. सवारी जिप दुर्घटना हुँदा मदाने गाउँपालिका-२ घर भएकी ३० वर्षीय कबिता परियार र छोरा ८ वर्षीय आदित्य परियारको शरीर र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो । घाइतेको स्थानीय मेडिकल पुर्कोटदहमा उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल अर्घाखाँची लागेकोको सारुले बताउनुभयो । चालक गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटदह बस्ने ३३ वर्षीय राजु परियारले चलाएको जिपको अचानक सापट भाचिएपछि करिब २०० मिटर तल खसेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...