कोशीटप्पुको संरक्षणमा चुनौती

Published on

काठमाडौं । कोशीटप्पु वन्यजन्तु आरक्ष प्राकृतिक चुनौतीको सामना गर्दै आएको छ । सप्तकोशी नदी र नदी उकास क्षेत्रमा रहेको आरक्ष क्षेत्रको सबैजसो भूभागले कोशीको कटानको सामना गर्दै आउनु परेको छ । सुनसरी, सप्तरी र उदयपुरलाई छोएको आरक्षको दुई तिहाई भाग नदी तटीय जङ्गल क्षेत्रमा रहेको छ । सबै भूभाग कोशीमै पर्ने हुँदा प्रत्येक वर्ष नदीमा आउने बाढी, डुबान र कटानको सामना आरक्षले गर्नु परेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार बर्खाको बाढीले संरक्षित जनावरको बासस्थान नै डुबान र कटानमा पर्दा जनवारको पारिस्थितिक पद्धतिमा ठुलो असर पुग्दै आएको छ । प्राकृतिक समस्यालाई समाधान गर्न कठिनाइ हुने हँुदा आरक्षले प्रत्येक वर्षा वन्यजन्तुदेखि सीमसार भूभाग, वनस्पतिसम्मको क्षति बेहोर्नु परेको उहाँको भनाइ छ । 

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र चरा र वन्यजन्तु विचरणका लागि राम्रो गन्तव्य मानिन्छ । आरक्ष क्षेत्रमा स्थलीय, जलीय र नभीय जैविक विविधता विचरण गर्न आन्तरिक र वाह्य पर्यटक आउने गरेका छन् । नेपालकै पहिलो रामसार क्षेत्रमा सूचीकृत जैविक विविधताले भरिपूर्ण आरक्षमा बाढीको प्रकोपले वन्यजन्तु र चराको बास्थानमै असर पुग्दै आएको प्रमुख संरक्षक अधिकृत यादव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आरक्ष क्षेत्रमा प्राकृतिक चुनौतीका साथै मानवीय र नीतिगत कारणले पनि असर पुगेको छ” तर आरक्ष कार्यालयले क्षतिको तथ्याङ्क नराख्दा कति क्षति भयो भन्ने विवरण आरक्ष कार्यालयसँग छैन । संरक्षण गर्न बजेट अभाव हुँदै आएको छ ।  आरक्ष क्षेत्रका सीम क्षेत्र वर्षाको बाढीले पुरिँदै जादा सिम क्षेत्रमा पाइने जलचर सङ्कटमा पर्दै गएको चराविद् अनिश तिम्सिना बताउनुहुन्छ । उहाँ भन्नु हुन्छ, “सिमसारमा आश्रित जीव कछुवा, सरिसृप, उभयचर, घोङी, गङ्गटो र पन्छीका प्रजातिको बासस्थानमा कमी आउँदै गएको छ । पहिला धेरै देखिने जीव हराउँदै गएका छन् ।” 

त्यस्तै आरक्ष जङ्गलमा मिचाहा प्रजातिको अतिव्रmमण बढ्नु, मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्नु, नम्बरी जग्गा आरक्षमा पर्ने समस्या, आरक्षको नदीमा माछा मार्न पाउने कानुनी व्यवस्था, भारतसँगको खुला सिमानालगायतका समस्याले गर्दा आरक्षमा जैविक विविधताको संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मी बताउँछन् ।  प्र्यावरणमा आएको परिवर्तनको प्रभाव आरक्षमा पर्न नदिन र प्राकृतिक, नीतिगत र व्यवस्थापकीय समस्याको समाधान गरी आरक्ष क्षेत्रको संरक्षण, संवर्धन र प्रवर्धन गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ । आरक्षमा देखिएका नीतिगत र प्राकृतिक रूपमै भएका विविध समस्यालाई समाधान गर्न माथिल्लो निकायबाटै ऐन तथा नियमलाई सापेक्ष बनाई कार्यान्वयन गर्नुपर्ने चराविद् अनिश तिम्सिना बताउनुहुन्छ । 

कोशीटप्पु वन्यजन्तु आरक्षमा लोपोन्मुख जङ्गली भैँसी (अर्ना), नेपालको पहाडी र हिमाली क्षेत्रदेखि हिमालपारिका देश साइबेरिया, रसिया, ताजकिस्तान, तान्जेनिया, चीन र तिब्बतलगायतका देशबाट बसाइ सरेर आउने चरा, विश्वमा नै दुर्लभ मानिएका चराचुरुङ्गीका लागि प्रसिद्ध मानिन्छ । आरक्ष क्षेत्रको सीम क्षेत्र र टप्पु क्षेत्रभित्र रहेका नदी, ताल, तलाउमा लोपोन्मुख रैथाने माछा, सङ्कटापन्न अवस्थामा रहेका सोंस (डल्फिन), विश्वमका थोरै मुलुकमा मात्रै पाइने मलाहा (पानी बिरालो) का लागि टापु क्षेत्र प्रसिद्ध रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...