बाँकेमा १६ हजारभन्दा बढी नयाँ मतदाता थपिए

Published on

काठमाडौं । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँके जिल्लामा १६ हजारभन्दा बढी नयाँ मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले नामावली दर्ता गराउने कार्यमा नयाँ युवा मतदाताको उत्साह अत्यधिक देखिएको जनाउँदै हालसम्म जिल्लामा १६ हजार ८११ जनाले नाम दर्ता गराएको बताउनुभयो । उहाँले ११ हजार ७११ जनाले निर्वाचन कार्यालयमा आएर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जनाउँदै पाँच हजार १०० जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनमार्फत नाम दर्ता गराएको बताउनुभयो ।

निर्वाचन कार्यालय बाँकेका प्रमुख शाहीका अनुसार कार्यालयमा आएर नाम दर्ता गराउनेहरुमा पाँच हजार ८३७ जना पुरुष र पाँच हजार ८७४ जना महिला छन् । राष्ट्रिय परिचयपत्रको आधारमा नाम दर्ता गराएकाहरुमध्ये महिला पुरुष छुट्याउने कार्य भइरहेको छ । नाम दर्ता गराउन कात्तिक मसान्तसम्मको समयलाई थप गरेर मङ्सिर ५ गतेसम्म गरिए पनि नाम दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको देखिएकाले अझै पनि धेरैको नाम छुटेको हुनसक्ने निर्वाचन कार्यालयले जनाएको छ । बाँकेमा नयाँ नाम दर्ता गराएका मतदाताहरुमा अधिकांश मतदाता युवा मतदाता रहेको सो कार्यालयले जनाएको छ । कार्यालय प्रमुख शाहीले थपिएका अधिकांश मतदाता १८ देखि २५ वर्ष उमेर समूहका रहेको बताउनुभयो ।

बाँकेमा २०७९ सालको निर्वाचनमा तीन लाख ३३ हजार ९३४ जना मतदाता थिए । त्यसमा एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र अन्य नौ जना थिए । निर्वाचन कार्यालयले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गरेर नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, ठाउँसारी गर्ने लगायतका कामहरू गरेको थियो । मतदाता नामावलीमा नाम दर्ता गराउनेमा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका युवाहरु अधिकांश रहेको पनि जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...