कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

Published on

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–२, हजरा चौकस्थित जनकपुर–ढल्केवर सडकखण्डमा आइतबार बिहान कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ठक्करबाट मिथिला नगरपालिका–१, लक्ष्मीनिवासका ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते हुनुभएको छ भने उहाँको श्रीमती ५५ वर्षीया सुमित्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

बागमति प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले सडक पार गर्न लागेका साइकलमा सवार दम्पत्तिलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।  घटनापछि स्थानीयवासी तथा प्रहरी टोलीले घाइते राजकुमार महतोलाई तत्कालै उद्धार गरी उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालतर्फ पठाइएको छ । ठक्कर दिने कार र त्यसका चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...