निःशुल्क दन्त शिविरमा ३३६ को दाँत चेकजाँच

Published on

काठमाडौं । गुल्मीको मदाने गाउँपालिका –२ बाँझकटेरीको मधाने सामुदायिक स्वास्थ्य केन्द्रले सञ्चालन गरेको दन्त तथा महिला रोगसम्बन्धी बृहत् स्वास्थ्य शिविर सकिएको छ । करिब तीन सातासम्म सञ्चालन भएको दन्त शिविरमा ३३६ जनाले दाँत चेकजाँज गरेका छन् । शिविरमा २०० जनाको ३१६ वटा दाँत उखेल्ने र १०१ जनाको दाँत फिलिङ् गरिएको मदाने सामुदायिक स्वास्थ्य केन्द्रले जनाएको छ ।  दन्त सर्जन पवनकुमार गुप्ता र पूजा कुवँरको नेतृत्वमा दाँतको उपचार गरिएको हो । दन्त रोगको उपचार लिनेमा पुरुषको तुलनामा महिला दोब्बर रहेको मदाने सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख हेल्थ असिस्टेण्ट यमलाल भुसालले बताउनुभयो । 

साथै स्वास्थ्य केन्द्रले स्थानीय विद्यालयमा ‘स्कुल हेल्थ प्रोग्राम’ गरेको छ । कार्यक्रमपछि सम्पूर्ण शिक्षक विद्यार्थीलाई कोलगेट तथा ब्रस वितरण गरिएको थियो । स्वास्थ्य केन्द्र प्रमुख भुसालका अनुसार महिला रोगसम्बन्धी शिविरमा २०० भन्दा बढी महिलाले सेवा लिएका छन् । शिविरमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने तथा पाठेघर खसेको समस्या लिएर आएका महिलाको उपचार गरिएको थियो । पाठेघर खसेका छ जना महिलामा रिङ प्रेसरी राखिएको र दुई जनामा जटिल समस्या देखिएपछि रिफर गरिएको भुसालले जानकारी दिनुभयो ।  

मधाने सामुदायिक स्वास्थ्य केन्द्र बाँझकटेरीको पनि विकट वसुन्धरामा २०६८ सालमा स्थापना भएको थियो । सदरमुकामका अस्पतालको पहुँचबाट टाढा र सडक सञ्जालको विकास नपुग्दै स्थापना भएको स्वास्थ्य केन्द्रले स्थानीय नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग गरेको थियो । अहिले पनि स्वास्थ्य केन्द्रमा गुल्मी र प्युठान तथा अर्घाखाँचीका नागरिक उपचारको लागि पुग्नेगरेका छन् । दक्ष जनशक्ति, मासिक शिविर, औषधी उपकरण र स्वदेश तथा विदेशी विशेषज्ञ डाक्टरमार्फत उपचार हुने भएकाले मदाने सामुदायिक स्वास्थ्य केन्द्रको गरिमा समाजमा राम्रो राख्न सकिएको स्वास्थ्य केन्द्र प्रमुख भुसालले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...