स्थानीय भत्ता नपाएको भन्दै शिक्षकले बुझाए ध्यानाकर्षण पत्र

Published on

काठमाडौं । नेपाल शिक्षक महासङ्घले शिक्षकहरूका लागि बजेट मार्फत व्यवस्था गरिएको स्थानीय भत्ता नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । फिदिम नगरपालिका सहित जिल्लाका स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षकहरुले सरकारले तोके अनुसारको मापदण्डमा भत्ता दिन माग गरेका हुन् । फिदिम नगरपालिकामा महासङ्घका अध्यक्ष हरिकृष्ण मिश्र नेतृत्वको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहनुभएकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस्तै गाउँपालिकाहरुमा पनि ध्यानाकर्षण बुझाइएको महासङ्घले जनाएको छ ।

महासंघले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७६ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले जारी गरेको स्थानीय तहबाट कार्यान्वयन हुने सशर्त अनुदानसम्बन्धी कार्यविधिमा शिक्षकलाई स्थानीय भत्ता पाउने स्पष्ट व्यवस्था भएपनि पाँचथरमा सो सुविधा नआएको भन्दै रोष प्रकट गर्दै आएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन फिदिम नगर समितिका अध्यक्ष तथा महासङ्घ पदेन सदस्य रामप्रसाद बाँस्कोटाका अनुसार पाँचथर ‘घ’ वर्गमा पर्ने स्थानीय भत्ता पाउने क्षेत्र भए पनि फिदिम नगरपालिकाले अहिलेसम्म भत्ता नदिएको कारण यथार्थ बुझी तत्काल कार्यान्वयन गर्न माग गरिएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मला दाहालले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरसँग थप स्पष्टीकरण माग्दै पत्र पठाइसकिएको जानकारी गराउनुभयो । ध्यानाकर्षण पत्र बुझाउने क्रममा महासङ्घ फिदिमका अध्यक्ष हरिकृष्ण मिश्रसहित नगर समिति, महासङ्घ पाँचथरका सहसचिव जीवन भण्डारी तथा विभिन्न शिक्षक सङ्घ–सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...