करेन्ट लागेर एकको मृत्यु

Published on

काठमाडौं । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फतुवा विजयपुर नगरपालिका-६, रामदासी टोल बस्ने रामबहादुर महतोको २२ वर्षीया छोरा गणेश महतोको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मङ्गलबार राति पौने दस बजेको समयमा आफ्नै घरमा माइकको तार जोड्ने क्रममा महतोलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते महतोलाई स्थानीय नेसनल हस्पिटल प्रा.लि. विजयपुरमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि बारा जिल्लाको कोल्बी लैजाने क्रममा बाटोमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...