ताँजाकोट गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार

Published on

काठमाडौं । जिल्लाको दक्षिणी क्षेत्रको बाजुरा जिल्लासँग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाका सबै वडाहरुमा सडक सञ्जाल जोडिएका छन् । संङ्घीय लागु भएयता आठ वर्षमा गाउँपाालिका, प्रदेश सरकार र सङ्घीय सरकारको लागत साझेदारीमा सडक निर्माण कार्य भएपछि सिङ्गो गाउँपालिका सडक सञ्जालमा जोडिएको हो । ताँजाकोट गाउँपालिकाका पाँच वटै वडाहरु सडक सञ्जालसँग जोडिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । वडा मात्र नभएर २१ मा १९ वटा बस्ती पनि सडक सञ्जालसँग जोडिएको बताउँदै उहाँले अब वडा नम्बर ३ मासपुर र वडा नम्बरको चिई गाउँ मात्र जोडिन बाँकी रहेको बताउनुभयो । 

मासपुर गाउँका लागि सडक निर्माण कार्य भइरहेको र अब यसै आर्थिक वर्षमा उक्त गाउँमा सडक जोडिने र अर्को सडक नजोडिएको चिई गाउँमा पनि आफ्नै कार्यकालमा सडक सञ्जाल जोडिने अध्यक्ष जैसीकाो भनाइ छ । पहिलो र दोस्रो कार्यकालको हालसम्मको अवधिमा गाउँँपालिकाभर सडक सञ्जालको निर्माण कार्यले फड्को मारेको उहाँले बताउनुभयो । यसले गर्दा ग्रामीण सडक समेत राष्ट्रिय सडक सञ्जालसंग जोडिएका छन् । गाउँपालिका केन्द्रमा छ देखि आठ घण्टा पैदल हिँड्नु पर्ने समय बचत भएको छ । सडक जोडिएपछि गाउँपालिका केन्द्रबाट एकदेखि डेढ घण्टामा पुग्ने कार्य भइरहेको उहाँको भनाइ छ । आफ्नो गाउँपालिकाका वडा मात्र नभएर छिमेकी अदानचुली गाउँपालिकाको सिमानासम्म सडक निर्माण गर्ने कार्य समेत भएको उहाँले बताउनुभयो । 

सवै वडामा सडक जोडिएको कारण स्थानीय बिरामी पर्दा स्टेचरमा बोक्नु पर्ने बाध्यता मात्र नहटेर बिरामीलाई समयमै स्वास्थ्य चौकीमा पुर्याउन पनि सहज भएको छ । हाल सडक नजोडिएका दुई बस्ती बाहेक अन्य सबै बस्तीका स्थानीयले पैदल हिँड्नु पर्ने बाध्यता पनि हटेको छ । विकास निर्माणका सामानहरु पनि ढुवानीमा सहजता भएको छ । सडक जोडिएकै कारण आरसिसि भवन निर्माणको क्रम बढेको छ भने अन्य विकास निर्माणका सामग्री पनि सस्तो भएका छन् । सबै वडा सडक सञ्जालसँग जोडिने हुम्ला जिल्लाका सात वटा गाउँँपालिका मध्य ताँजाकोट पहिलो भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...