लयमा फर्किंदै कागबेनी

Published on

काठमाडौं । कागखोलामा आएको बाढीले तहसनहस भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा सरकारी तथा निजी सहयोगबाट पुनर्निर्माण भइरहेको छ । २०८० साल साउन २८ गते आएको बाढीबाट पीडितलाई राहत तथा प्रभावित क्षेत्रको भौतिक संरचना निर्माणले स्थानीयकै दैनिकी सहज बन्न थालेको छ । पूर्वसूचनाका कारण कुनै मानवीय क्षति नभए पनि सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत भौतिक पूर्वाधार गरी एक अर्बको क्षति भएको थियो । 

कागबेनी पुनर्निर्माणका लागि समुदायस्तरबाट आर्थिक सङ्कलन तथा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको पहलमा तटबन्धन, सिँचाइ, पुललगायतका आधारभूत संरचनाका कारण कागबेनी लयमा फर्किएको वडाध्यक्ष कर्मघ्यचो गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, “बाढीको वितण्डापछि अहिले पनि पुनर्निर्माणमै सक्रिय छौँ, अब कहिल्यै बाढीले क्षति नहुने गरी खोला आसपासका क्षेत्रमा संरक्षणको काम भइरहेको छ ।” वडाध्यक्ष गुरुङका अनुसार एकै पटक पुनर्निर्माणको काम सम्भव नहुने भएकाले सडक, पुल, सिँचाइ तथा स्थानीयको प्राथमिकतालाई ध्यानमा राख्दै काम भइरहेको छ । वडाध्यक्ष गुरुङको पहलमा स्वदेश तथा विदेशबाट २२ लाख, कादुरी संस्थाले पूर्ण क्षति भएका १० घरधुरीलाई ९६ लाख वितरण तथा आंशिक क्षति भएका ६३ घरधुरीलाई समेत राहत वितरण गरिएको थियो । 

बाढीबाट निजी घरपरिवारसँगै बौद्ध गुम्बा, धर्मशाला, स्थानीय क्लब तथा अन्य विभिन्न संस्थालाई उपलब्ध गराइएको थियो । निवर्तमान सङ्घीय सांसद योगेश गौचन थकालीले पुनर्निर्माणका लागि पहल गर्नुभएको थियो । उहाँकै पहलमा कागबेनी संरक्षणको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउन आर्थिक वर्ष २०८३/८४ मा तीन करोड विनियोजन गरिएको थियो । सहरी विकास कार्यालयबाट नदीमा पक्की संरचना, गाउँपालिकाबाट आपत्कालीन सहयोग ४० लाख, गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनबाट ३५ लाखको ‘रिटेनिङ वाल’ सहित अन्य योजनासमेत सञ्चालन गरिएको छ । कागखोलाले हिन्दु धर्मावलम्बीको पवित्रस्थल कागबेनीमा पितृका नाममा श्राद्ध तथा पिण्डदान दिन सहज हुने गरी मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले एक करोड बजेट विनियोजन गरेको छ । 

कागखोलाबाट भविष्यमा कुनै क्षति हुन नदिन  प्रदेश सरकारबाट डिपिआर बनाउन बजेट उपलब्ध भए पनि मापदण्डका कारण कार्यान्वयन नभएपछि गाउँपालिका र वडाबाट १५ लाख विनियोजन भएको छ । कागखोला र कालीगण्डकीको कटानको चपेटामा परेको कागबेनी बजारको नयाँ र पुरानो बजार संरक्षणका लागि ६० करोडभन्दा बढी लागत अनुमान गरिएको छ ।  बडादसैँ र चैते दसैँ औंसीमा पुग्ने र अन्य समयमा समेत पितृको सम्झनामा तर्पण दिनेलाई बस्ने धर्मशालासहितका अन्य धार्मिक गतिविधिका लागि पनि पुनर्निर्माण अभियान  जोडिएको छ । कागबेनीको मुख्य आम्दानी कृषि र पर्यटन मानिन्छ । पुनर्निर्माणले कागखोला संरक्षण भएपछि पछिल्लो समय ठुला होटेलसमेत निर्माणाधीन अवस्थामा रहेका छन् ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...