लयमा फर्किंदै कागबेनी

Published on

काठमाडौं । कागखोलामा आएको बाढीले तहसनहस भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा सरकारी तथा निजी सहयोगबाट पुनर्निर्माण भइरहेको छ । २०८० साल साउन २८ गते आएको बाढीबाट पीडितलाई राहत तथा प्रभावित क्षेत्रको भौतिक संरचना निर्माणले स्थानीयकै दैनिकी सहज बन्न थालेको छ । पूर्वसूचनाका कारण कुनै मानवीय क्षति नभए पनि सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत भौतिक पूर्वाधार गरी एक अर्बको क्षति भएको थियो । 

कागबेनी पुनर्निर्माणका लागि समुदायस्तरबाट आर्थिक सङ्कलन तथा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको पहलमा तटबन्धन, सिँचाइ, पुललगायतका आधारभूत संरचनाका कारण कागबेनी लयमा फर्किएको वडाध्यक्ष कर्मघ्यचो गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, “बाढीको वितण्डापछि अहिले पनि पुनर्निर्माणमै सक्रिय छौँ, अब कहिल्यै बाढीले क्षति नहुने गरी खोला आसपासका क्षेत्रमा संरक्षणको काम भइरहेको छ ।” वडाध्यक्ष गुरुङका अनुसार एकै पटक पुनर्निर्माणको काम सम्भव नहुने भएकाले सडक, पुल, सिँचाइ तथा स्थानीयको प्राथमिकतालाई ध्यानमा राख्दै काम भइरहेको छ । वडाध्यक्ष गुरुङको पहलमा स्वदेश तथा विदेशबाट २२ लाख, कादुरी संस्थाले पूर्ण क्षति भएका १० घरधुरीलाई ९६ लाख वितरण तथा आंशिक क्षति भएका ६३ घरधुरीलाई समेत राहत वितरण गरिएको थियो । 

बाढीबाट निजी घरपरिवारसँगै बौद्ध गुम्बा, धर्मशाला, स्थानीय क्लब तथा अन्य विभिन्न संस्थालाई उपलब्ध गराइएको थियो । निवर्तमान सङ्घीय सांसद योगेश गौचन थकालीले पुनर्निर्माणका लागि पहल गर्नुभएको थियो । उहाँकै पहलमा कागबेनी संरक्षणको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउन आर्थिक वर्ष २०८३/८४ मा तीन करोड विनियोजन गरिएको थियो । सहरी विकास कार्यालयबाट नदीमा पक्की संरचना, गाउँपालिकाबाट आपत्कालीन सहयोग ४० लाख, गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनबाट ३५ लाखको ‘रिटेनिङ वाल’ सहित अन्य योजनासमेत सञ्चालन गरिएको छ । कागखोलाले हिन्दु धर्मावलम्बीको पवित्रस्थल कागबेनीमा पितृका नाममा श्राद्ध तथा पिण्डदान दिन सहज हुने गरी मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले एक करोड बजेट विनियोजन गरेको छ । 

कागखोलाबाट भविष्यमा कुनै क्षति हुन नदिन  प्रदेश सरकारबाट डिपिआर बनाउन बजेट उपलब्ध भए पनि मापदण्डका कारण कार्यान्वयन नभएपछि गाउँपालिका र वडाबाट १५ लाख विनियोजन भएको छ । कागखोला र कालीगण्डकीको कटानको चपेटामा परेको कागबेनी बजारको नयाँ र पुरानो बजार संरक्षणका लागि ६० करोडभन्दा बढी लागत अनुमान गरिएको छ ।  बडादसैँ र चैते दसैँ औंसीमा पुग्ने र अन्य समयमा समेत पितृको सम्झनामा तर्पण दिनेलाई बस्ने धर्मशालासहितका अन्य धार्मिक गतिविधिका लागि पनि पुनर्निर्माण अभियान  जोडिएको छ । कागबेनीको मुख्य आम्दानी कृषि र पर्यटन मानिन्छ । पुनर्निर्माणले कागखोला संरक्षण भएपछि पछिल्लो समय ठुला होटेलसमेत निर्माणाधीन अवस्थामा रहेका छन् ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...