परम्परागत खेती छाडेर कामिनी पत्ता उत्पादनमा किसान

Published on

काठमाडौं । सिन्धुपाल्चोकका किसानहरु परम्परागत खेती छाडेर फुलखेतीअन्तर्गतका कामिनी पत्ता उत्पादनमा लाग्दै आएका छन् । कामिनी पत्ताको पात, हाँगा, फुल विवाह, ब्रतवन्ध, विभिन्न पार्टी, कार्यक्रममा सजावटका लागि प्रयोग गरिन्छ । खेर गएका पाखा खेतबारी, बाँझो जग्गामा कामिनी पत्ताको खेती गरेर उनीहरुले आम्दानी लिन थालेका छन् । व्यक्तिगत र सामूहिक फर्ममार्फत कृषकहरुले कामिनी पत्ता उत्पादनमा लागेका हुन् । सुनकोशी गाउँपालिका–६ पाखरदोभानका रेशमबहादुर भण्डारीले परम्परागत खेती छाडेर कामिनी पत्ता उत्पादनमा लागेर आम्दानी लिन थाल्नुभएको छ ।

खेर गएको २१ रोपनी जग्गामा कामिनी पत्ता, लिची, एभोगाडो, कफी खेती गरेर भण्डारीले मनग्गे आम्दानी लिदै आउनु भएको छ । ०८० सालमा एक हजार वटा कामिनी पत्ताको विरुवा रोपेर आम्दानी राम्रो हुन थालेपछि गत साल पाँच हजार कामिनी पत्ताको बोट रोपेर भण्डारीले आम्दानी लिदै आउनु भएको छ । कामिनी पत्ताबाट उदाहरणीय कृषि कर्म गरेपछि भण्डारीको सयपत्री कृषि फर्मलाई सुनकोशी गाउँपालिकाले गत वर्ष तीन लाख बराबरको कामिनी पत्ताको विरुवा अनुदानमा दिएको थियो ।

दुई पटक गरेर १२ लाख लागतमा कामिनी पत्ता खेती सुरु गर्नुभएका रेशमको फर्ममा अहिले २० लाख बढीको पुँजी छ । उहाँले बार्षिक लाखौंको कामिनी पत्ता, पाँच लाख बढीको लिची, एक लाख बढीको एभोगाडो, एक लाख बढीको बिमिरा, कफी, रुद्राश्र बिक्री गर्दे आउनुभएको छ । रेशमले यस वर्ष १३ रोपनी भाडामा जग्गा लिइ पाँच हजार कामिनी विरुवा थप रोप्नु भएको छ । कामिनी पत्ता, गोल्डेन बटम ब्रुस खेती सुरु गरेपछि सिन्धुपाल्चोकका अन्य किसानहरु त्यसखेतीतर्पm लागेका छन् ।

तत्कालीन समयमा सुनसरी जिल्लाबाट कामिनी पत्ताको विरुवा ल्याएर खेती गर्दे आउनु भएका रेशमले आफैँले विरुवा उत्पादन गरेर अरु कृषकलाई बिक्री वितरण गर्न लाग्नुभएको छ । गाउँघरमै बसेर कामिनी पत्ता फुलखेतीबाट आम्दानी लिन थालेपछि भण्डारीको कृषि फर्मलाई स्थानीय सरकारले प्रोत्साहन दिन थालेको छ । आफ्नो घरगाउँमा बसेर नगदेबाली, तरकारी खेती, पशपन्छीपालन लगायतका कृषि व्यवसाय गर्ने किसान फर्मलाई पालिकाले अनुदान र प्रोत्साहन प्रदान गर्दे आएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...