बैतडीमा पाँच थान अवैध भरुवा बन्दुक बरामद

Published on

काठमाडौं । जिल्लाको पाटन नगरपालिका–७ उपल्लाबाटुलामा प्रहरीको संयुक्त टोलीले पाँच थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । उपल्लाबाटुलाका ५२ वर्षीय भागीराम लुहारको घरमा गोप्य सूचनाको आधारमा बिहीबार गरिएको खानतलासीबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो । गोप्य सूचनामा भागीराम लुहारले घरमै भरुवा बन्दुक बनाउने गरेको बताएको छ । गोप्य सूचनाको आधारमा  नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकमा खटिएको टोलीले घरमा छानबिन गर्दा पाँच थान भरुवा बन्दुक फेला पारेको निरीक्षक बडूले बताउनुभयो ।

बरामद भएका पाँच बन्दुकमध्ये तीन थान साबुत अवस्थामा छन् भने दुई थान बेसाबुत (अपूर्ण) अवस्थामा भेटिएको बडूले जानकारी दिनुभयो । भागीराम हाल उपचारका लागि भारतमा रहेको बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीमा पछिल्लो समय अवैध हतियार नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ । यसअघि गएको शनिबार पञ्चेश्वर गाउँपालिका–३ हल्दुविनायकबाट पनि एक थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...