गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते

Published on

काठमाडौं । गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको मिनिबस गोरखा नगरपालिका–११ बाह्रकिलोमा दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँका अनुसार आइतबार दिउँसो १२ : ३० बजे गोरखा सदरमुकामबाट छुटेको यात्रु बस अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेर रुखमा ठोक्किएको हो।  दुर्घटनापछि स्थानीय, सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले घाइतेको उद्वार गरी चितवन रिफर गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। थप विवरण आउन बाँकी छ । गारखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...