एमाले लमजुङमा छानिए प्रतिनिधि

Published on

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङमा निर्वाचन प्रक्रियाबाट १० जना प्रतिनिधि छनाेट हुनुभएको छ । निर्धारित सङ्ख्याभन्दा महाधिवेशन प्रतिनिधका लागि आकाङ्क्षी धेरै भएपछि निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनाेट गरिएको एमाले लमजुङले जनाएको छ । निर्वाचनबाट खुलातर्फ सुभाष पौडेल, कृष्णप्रसाद अधिकारी, युवराज अधिकारी र राजकुमार विष्ट निर्वाचित हुनुभएको छ । 

यसैगरी महिलातर्फ पदमा गुरुङ, यशोदा रिमाल र लक्ष्मीदेवी अधिकारी निर्वाचित हुनुभएको छ । युवातर्फ जुनबहादुर तामाङ, दलिततर्फ हिरालाल विक र नन्दराम विक निर्वाचित हुनुभएको छ । सदस्यताको आधारमा जिल्लाबाट खुला र समावेशी गरी १० जना प्रतिनिधि हुनु पर्नेमा ३३ जना चुनावी मैदानमा रहनु भएको थियो । निर्वाचन कार्यतालिका अनुसार उम्मेदारी दिनु भएका ४० जनामध्ये सात जनाले उम्मेदारी फिर्ता लिएपछि ३३ जना चुनावी मैदानमा उत्रिनुभएको थियो । 

खुला चार जनाका लागि १८ जना, महिला तीन जनाका लागि नौ जना, युवा क्षेत्रतर्फ एक जनाका लागि तीन जना र दलिततर्फ दुई जनाका लागि तीन जनाको उम्मेदवारी परेको थियो । नेकपा (एमाले) लमजुङका अनुसार महाधिवेशन प्रतिनिधि छनाेटका लागि पार्टी सङ्गठित सदस्य पाँच हजार चार सय ७३ मतदाता रहेका थिए । तर निर्वाचनमा भने एक हजार नौ सय १६ मात्र मत खसेको थियो । महाधिवेशन प्रतिनिधि छनाेट निर्वाचन मण्डलका संयोजक तीर्थ बस्नेतकाअनुसार खुलातर्फ एक हजार ६ सय ९३ र दलित क्षेत्रतर्फ दुई सय २३ मत खसेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...