एक हजार ७४ स्थानीयको खरकाे छानामुक्त घर

Published on

काठमाडौं । आगलागी तथा अन्य विपद्को जोखिम न्यूनीकरणका लागि सल्यानको एउटै पालिकाले एक हजार बढी विपन्न घर परिवारलाई खरको छानाबाट मुक्त गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिकाले सञ्चालन गरेको अभियानबाट विपन्न परिवारको आवास गुणस्तर सुधारमा महत्वपूर्ण उपलब्धि हासिल भएको मानिएको छ । अभियानले गाउँको विपन्न परिवारको आवास सुरक्षा र जीवनस्तर दुवैमा ठुलो परिवर्तन ल्याएको स्थानीयले बताएका छन् । कालिमाटीको एक हजार ७४ अति विपन्न तथा असहाय परिवारलाई निःशुल्क जस्तापाता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७–७८ बाट जस्तापाता वितरण कार्यक्रम सुरु गरेको थियो । 

सुरुमा पाँच वर्षमा एक हजार घरधुरीलाई मात्र जस्तापाता दिन लक्ष्य राखिएको थियो । लक्ष्यभन्दा बढी एक हजार ७४ परिवारसम्म यो सुविधा पुर्‍याउन सफल भएको पालिकाले जनाएको छ । कार्यक्रम सुरु भएको पहिलो वर्ष २०७७–७८ मा १२७ घरधुरीले जस्तापाता पाएका थिए । त्यसपछि आर्थिक वर्ष २०७८–७९ मा १७६ परिवारलाई वितरण गरियो । आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै ३९० घरधुरीले यो सहयोग पाए । २०८०–८१ मा १५७ परिवारले सुविधा लिए भने २०८१–८२ मा २२४ घरधुरीलाई जस्तापाता बाँडिएको गाउँपालिकाका सूचना अधिकारी विष्णु भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्बन्धित वडाको सिफारिस एवं आवश्यक मापदण्डका आधारमा जस्तापाता वितरण गरिएको थियो । लाभान्वित घरपरिवारहरुले आफूहरुलाई आगलागीको जोखिम तथा वर्षा र हावाहुरीबाट हुने क्षतिबाट राहत मिलेको बताएका छन् ।  गाउँपालिका अध्यक्ष दानबहादुर केसीले अधिकांश विपन्न परिवारलाई जस्तापाता वितरण भइसकेको र बजेटको सीमितताका कारण चालु आर्थिक वर्षमा नियमित रूपमा जस्तापाता वितरणको कार्यक्रम नरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरैलाई सहयोग गरेका छौं । अब अति विपन्न छुटेमा विपद् व्यवस्थापन कोषमार्फत सहयोग गर्नेछौं ।” ग्रामीण क्षेत्रका अति विपन्न परिवारको जीवनस्तर उकास्न र विपद् जोखिम कम गर्न यो अभियानले टेवा दिएको स्थानीयहरुले बताएका छन् । खर सङ्कलन र मर्मतको झन्झट हटेपछि उनीहरूको समय बचत भएको छ । बचेको समय धेरैले कृषि, पशुपालन र साना व्यवसायतर्फ लगाउन थालेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...