सुस्तमनस्थिति हुनुभएका रविलालको न घर, न जमिन

Published on

काठमाडौं । बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउँदै गर्दा धेरै अपाङ्गता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था, शिक्षाको अवस्थाको विषय अहिले पनि नाजुक अवस्थामा रहेको पाइन्छ । जुम्लाको हिमा गाउँपालिका १ बड्की गाउँका रविलाल सुनार (वर्ष) २५ को सुस्तमनस्थिति भएको अपाङ्गता भएका व्यक्ति हुन् । अपाङ्गता भएकै कारण रविलालले पढ्न सकेनन् भने वर्षौदेखि घर नभएका कारण सडक, पेटी, छिमेकी र अन्य गाउँमा घुमेर आफन्तको आश्रय लिनुका साथै अरुकै घरमा जीवन यापन गरिरहेका छन् ।

करिब १५,२० वर्ष अगाडि बुवा रने सुनारले थोरै भएको पुर्ख्यौली जमिन बेचेर तराईमा जानुभयो, तर त्यही जग्गा बेचेर पुनः भूमिहीन हुनुभयो । रविलालको परिवार पुनः हिमा गाउँपालिकाको बड्की गाउँमा आउनुभयो । घरबास केही नभएपछि छिमेकीको आश्रयमा बस्नु भयो । स्थानीय मुनविर सुनार (जौका सुनार) ले रविलालको परिवारलाई एक कोठा बस्ने आवासको रुपमा दिनुभयो । त्यही कोठामा झण्डै डेढ दशकदेखि आमा लाटी सुनार, सुस्तमनस्थितिका रविलाल र भाई नरेन्द्र बस्दै आउनुभएको छ । अहिले भाई नरेन्द्र घरबास नभएपछि पढाई छोडेर भारत जानुभयो । आमा लाटी सुनार बड्की गाउँमा छिमेकीको घरमा जीवन बिताइरहनु भएको छ । तर रविलाल खान र बस्न नपाएपछि गाउँगाउँ डुलिरहनुभएको छ । उहाँ बस्न र खानकै लागि छिमेकी गाउँहरु डुलिरहनुभएको छ । अहिले उहाँ कालीकोटमा रहेको परिवारले जनाएको छ । कपडा पनि आफन्त र सहयोगी कोही व्यक्तिले सहयोगबाट गुजारा गरिरहेका छन् ।

रविलाल मानसिक समस्या भएका व्यक्ति, त्यसैमा एक ठाउँ बसाल्ने साहारा दिने व्यक्ति छैन । आमा पनि उस्तै अपाङ्गताको समस्या भएको व्यक्ति हुनुहुन्छ । रविलाल यस्तै हो भन्ने गाउँ समाजको पनि बानि परिसक्यो । उहाँको घर बनाउनका लागि धेरै पटक प्रयास भए पनि जग्गा छैन । अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रका पूर्वध्यक्ष तथा अपाङ्गता अभियान कर्ता नन्दराज धितालका अनुसार जति पनि दिवस मनाए पनि अपाङ्गता भएका व्यक्तिको पैरवि र अधिकारका लागि गरिए पनि वेसाहारा अपाङ्गता भएका रविलाल जस्तैको पुनःस्थापनमा सरकार बेखबर भएको बताउनुहुन्छ । उहाँले अहिले त स्थानीय सरकार, जनताको सरकार घरदैलोमा हुनु भनेको यस्तै काम गर्ने हो । हिमा गाउँपालिका १ बड््की गाउँ निवासी स्थानीय हरिलाल सुनार भन्नुहुन्छ, रविलाल र आमा दुवै जना अपाङ्गता भएका व्यक्ति भएको र लामो समयदेखि बेसाहारा भएको बताउनुहुन्छ । उहाँका अनुसार अब उहाँको आवासका लागि जग्गा छैन । जग्गाका लागि पनि चन्दा अभियान गर्न आवश्यक रहेको बताउनुभयो ।  

यता हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले रविलालको जमिन हुने वित्तिकै घर बनाउन गाउँपालिकाले पहिलो प्रथामिकता राख्ने बताउनुभयो । उहाँले पहिला पनि जमिन नभएर हो, अब जग्गानै अगाडि बढाउने अभियानमा लाग्न सामाजिक अभिायान थाल्न अनुरोध गर्नुभयो । जग्गा उपलब्ध गराउने काममा पनि हाम्रो सहयोग हुन्छ । अपाङ्गता भएका अधिकारकर्मीले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिका लागि सरकारले खरिदार सरहको स्याहार सुसारका लागि सामाजिक सुरक्षा भत्ता दिनुपर्छ भन्ने माग लामो समय देखि उठरहेको छ । तर पूरा हुन सकिरहेको छैन । रविलालको बसाई केछ ? खाइरहेको छ कि नाई, घुमेन्ते जीवनामा पाएका दुःख र उसको पुनःस्थापनका लागि हामी यदि जिम्मेवारी हुने हो भने उहाँको आवास चाहिन्छ । साहाराविहीनको गास, बास, कपासको दायित्व राज्यको हो ।  गोरखापत्र

spot_img

ताजा समाचार

बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च...

धनकुटामा समानुपातिक मतगणना सकियो : एमाले पहिलो, रास्वपा दोस्रो

काठमाडौँ — धनकुटा जिल्ला को प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा नेपाल कम्युनिस्ट पार्टी...

रवि लामिछानेको मुद्दा संशोधनसम्बन्धी निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको संगठित...

दाङमा १० हजारभन्दा बढी मत बदर

काठमाडौं । दाङ जिल्ला मा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजारभन्दा...