पशु स्वास्थ्य शिविरमा ३२ सय पशुपंक्षीको उपचार

Published on

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकाको दुई स्थानमा गरिएको पशुपंक्षी स्वास्थ्य शिविरमा तीन हजार दुईसय ७६ वटा पशुपंक्षीको उपचार गरिएको छ । बारबर्दिया नगरपालिकाको विकट क्षेत्र –३ भैँसाखानी र वडा ११ को बेलभारमा आयोजना गरिएको शिविरमा पाँचसय ६६ जना किसानले पशुपंक्षी ल्याएका थिए । दुई सय ५८ जना किसानले परामर्श सेवा लिएका थिए । शिविरमा एक हजार एकसय ३५ वटा बाख्रा, तीनसय ३० वटा गाईभैँसी, एकसय २० ओटा बंगुर, र एक हजार छसय ९१ वटा कुखुरा र हाँसको उपचार गरिएको थियो । वडा ३ भैँसाखानीमा दुईसय ६८ र वडा न ११ बेलभारमा दुईसय ९८ जना किसानले पशुपंक्षी उपचारका लागि ल्याएको पशुसेवा शाखाका प्रमुख दिपकराज थापाले बताउनुभयो । 

उहाँले शिविरमा पशुपंक्षीहरूको स्वास्थ्य जाँच, परजीवि नियन्त्रण, भ्याक्सिन लगायतका सुविधा दिइएको बताउनुभयो । शिविरले उपचार केन्द्रसम्म पुर्याउन नसकेका पशुहरूको उपचारमा सहज भएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूले बताउनुभयो । उहाँले नगरपालिकाले सँधै किसानहरूकै पक्षमा काम गर्ने बताउनुभयो । बारबर्दिया नगरपालिका र शिविर हेफर इन्टरनेशनलको आर्थिक सहयोगमा थारू महिला उत्थान केन्द्रको सहजीकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाद्वारा शिविर सञ्चालन गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...