भत्कन थाले सडक

Published on

काठमाडौं । झापाको दमकमा ढल व्यवस्थापनको काम गर्ने व्रmममा भत्काइएको सडक पुनर्निर्माण गरेको केही महिना नबित्दै भत्कन थालेको छ । एकातिर ढल निर्माणको काम सकिएको छैन भने ढलको पाइप बिछ्याउँदा भत्काइएका कतिपय सडक बनाइएको केही महिना बित्न नपाउँदै भत्कन थालेका हुन् । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार कालोपत्रे भत्काएर ढल बिछ्याएपछि भत्केका सडक लामो समय नबनाएपछि बनाउन धेरै दबाब सिर्जना गर्नु परेको थियो । उहाँले भन्नुभयो, “सडक कालोपत्रे त भयो फेरि केही महिना बित्न नपाउँदै भत्केर सडकको बेहाल भएको छ ।” 

दैनिक आवतजावत तथा हिँडडुलमा समस्या सिर्जना हुने अवस्था आएको उहाँको भनाइ छ । दमकमा घर घरबाट निस्कने पानीजन्य फोहोर प्रशोधन गरी मल तथा करिब २.५ मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित यो ढल निर्माण योजना सङ्घीय सरकारले २०७७ असोज २६ देखि अगाडि बढाएको थियो । अहिले यो योजना स्थानीयका लागि नै टाउको दुखाइको विषय बनेको जनप्रतिनिधिले बताउन थालेका छन् । एकातिर निर्धारित समयमा ढल निर्माणको काम सकिएको छैन भने अर्कातिर ढल बनाउँदा सडक भत्काएर बिजोग बनाइएको छ । स्वामीनारायण–आशीर्वाद जेभीले निर्माण गरेको कालोपत्रे सडकमा गहिरा खाल्डाखुल्डी देखिन थालेपछि यातायात सञ्चालन कठिनाइ भएको नगरप्रमुख थापाको भनाइ छ । 

उहाँले निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेको र आवश्यक समन्वय नहुँदा समस्या चुलिएको बताउनुभयो । २०७७ असोज २६ मा निर्माण सुरु भएको योजना २०७९ चैत २५ गतेभित्र सम्पन्न गर्नुपर्नेमा बारम्बार समय थप भएर मङ्सिरको दोस्रो साता पुग्दासमेत निर्माण सम्पन्न हुने सुरासार देखिँदैन । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...