मुख्यमन्त्री शाहद्वारा चार आयोजनाको सुरुवात

Published on

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चार वटा आयोजनाको सुरुवात गर्नु भएको छ । विहीबार विहान आफ्नो निर्वाचन क्षेत्र लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा ती आयोजनाको सुरुवात गर्नुभएको हो । आ.व. २०८१-८२ का बजेट विनियोजन गरी ठेक्का लागेका तर काम सुरु नभएका आयोजनाको मुख्यमन्त्री शाहले शिलान्यास गर्नुभएको हो । टीकापुर–जानकी–लम्कीचुहा गरी तीन पालिका जोडने टीकापुर–डुडेझारी सडक निर्माणका लागि छ करोड नौ लाख २१ हजार रुपियाँमा केएएस–अपी–श्रीपुर जेभीले ठेक्का पाएको छ । उक्त बजेटमा नालीसहित साढे तीन किलोमिटर सडक कालोपत्रे हुँदैछ। निर्माण अवधी २०८३ पुस २४ गतेसम्म रहेको छ । 

टीकापुर डुडेझारी सडकको आयोजना शिलान्यास गर्दै  मुख्यमन्त्री शाहले अग्रज नेताहरुले काम सुरु गरेका सडकहरु निर्माणमा चासो दिन स्थानीय तहका जनप्रतिनिधि र जनतालाई आग्रह गर्नुभयो । साथै सम्झौता अवधीमै काम पूरा गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिनुभएको छ । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले दुई वा दुई भन्दा बढी पालिका जोडने सडक प्रदेश सरकारको जिम्मेवारीमा भएकाले बाटो बनेमा धुलो र हिलोबाट मुक्ति पाइने बताउनुभयो ।  मुख्यमन्त्री शाहले पूर्वपश्चिम राजमार्गबाट रानी जमरा हाइड्रो–जगतपुर हुँदै टीकापुर जोडने केशरमार्गको सुरुवात गर्नु भएको छ । यस्तै लम्कीचुहा नगरपालिका देखि मोहन्याल गाउँपालिकाको पर्यटकीय क्षेत्र राजकाँडासम्म दुई किलोमिटर ६०० मिटर सडक कालोपत्रे योजनाको शिलान्यास गर्नुभएको छ । चार करोड ५६ लाख ९३ हजार ४४१ रुपियाँको लागतमा बन्ने उक्त सडक २०८३ पुस २५ सम्म सक्ने गरी एसी–एनएनएस– एचबी जेभी सुर्खेतले ठेक्का पाएको छ । 

मुख्यमन्त्री शाहले जानकी गाउँपालिकाको सिमाना अमौरा थापापुर चौरी चाकावाणी हुँदै सेती राजमार्ग जोडने लम्कीचुहा रिङरोडको पनि शिलान्यास गर्नुभएको छ । २ किलोमिटर ७०० मिटर नालीसहितको सडक कालोपत्रे गर्न चार करोड ३६ लाख ६४ हजार ५३० रुपियाँमा  तुलसी–निराजन जेभी टीकापुरले ठेक्का पाएको छ । उक्त सडक २०८३ असार २५ गतेसम्म पूरा गर्ने सम्झौता छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...