सुन–चाँदीको मूल्यमा गिरावट: तोलामा सुन ९०० र चाँदी ७० रुपैयाँले सस्तो

Published on

काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा केही कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँ कायम गरिएको छ, जसले बिहीबारको तुलनामा ९०० रुपैयाँ घटेको छ। त्यस्तै चाँदी आज प्रतितोला ३ हजार ५५५ रुपैयाँमा कारोबार हुँदैछ, जुन अघिल्लो दिनको तुलनामा ७० रुपैयाँ कम हो।

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ र चाँदी ३ हजार ६२५ रुपैयाँमा निर्धारण गरिएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यमा उतार–चढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार २४० अमेरिकी डलरमा तथा चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...