हनुमाननगर कङ्कालिनीमा निःशुल्क आँखा शिविर, ७५७ जनाले लिए सेवा

Published on

काठमाडौं । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर १ भारदहस्थित कङ्कालिनी मन्दिरको प्राङ्गणमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । सोसल लाइफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कङ्कालिनी नगरपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा महिला ४५७ र पुरुष तीन सय गरी ७५७ जनाले सेवा लिएको हनुमाननगर कङ्कालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझीले जानकारी दिनुभयो ।

शिविरमा १५० देखि दुई जनासम्मको आँखा परीक्षण गर्ने लक्ष्य राखिएपनि बिहीबार साँझसम्म ७५७ जनाले सेवा लिएको उहाँले बताउनुभयो । तीमध्ये ११३ जना मोतियाविन्दुको बिरामी फेला परेको र उहाँहरू निःशुल्क अप्रेसन गरिने नगर प्रमुख माझीले जानकारी दिनुभयो । शिविरमा चौधरी आँखा अस्पताल, लहानका चिकित्सकहरूबाट आँखा परीक्षण गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...