जाडो छल्न बेँसी झरे भेडीगोठ

Published on

काठमाडौं । चिसो बढेसँगै लमजुङको हिमाली काँठमा पुगेका भेडीगोठहरू बेँसी झर्न थालेका छन् । अहिले भेडीगोठहरू गाउँ बस्ती नजिकैका खेतबारीमा राखिएका छन् । लमजुङ, मनाङ र कास्कीको सिमाना लमजुङ हिमालको काँठ दुधपोखरीस्थित थुर्जु लेकसम्म पुगेका भेडीगोठहरू घनपोखरा, घलेगाउँ, सिउरुङका मानव बस्तीमा आइपुगेका छन् । लमजुङमा भेडीगोठहरू ६ महिना लेक र ६ महिना बेँसीमा राखिन्छ । हिउँदमा बेँसी झरेका भेडीगोठले खेतबारी मोल्ने काम गरिन्छ । अहिले बस्ती नजिक सारिएका भेडीगोठहरू पुनः वैशाख, जेठदेखि लेकमा फर्काइन्छ । लमजुङका ग्रामीण भेगका बासिन्दाले गरेको भेडापालन व्यवसायिक बन्दै गइरहेको छ ।   धेरै पहिला गुरुङ समुदायमा ‘एक भाइ मधेश, एक भाइ भोट र अर्को गोठ’ भन्ने चलन थियो । कुन भाइको भागमा गोठ परेको छ गएर बसिहाल्ने उतिबेलाको चलन आजभोलि परिवर्तन भएको छ । जसका कारण आजभोली गोठमा बस्ने बुढापाका मात्रै छन् । युवाहरू गोठमा त के गाउँमा नै बस्न छोडेका छन् । र पनि घलेगाउँ, पसगाउँ, भुजुङ, घनपोखरा र पूर्वी लमजुङको इलमपोखरी, दुधपोखरी, बन्सार लगायतका ठाउँमा बुढापाकाहरूले भेडीगोठ जिवितै राखेका छन् ।

उभौली लागेपछि खर्क चराउँदै गोठहरू लेकतिर लैजाने र उँधौली लागेपछि चराउँदै बेँसी झार्ने चलन हुन्छ । आ–आफ्ना गाउँका खर्क छुट्टाछुट्टै खर्क हुन्छन् । एउटा गाउँको खर्कमा अर्को गाउँकाले गोठ लैजान नपाउने नियम बनाइएको छ । ठाउँठाउँमा खर्क चराउँदै सबै गोठ अन्तिममा भने लमजुङ हिमालको काखमा रहेको थुर्जुु लेकमा पुग्छन् । यो सबै गाउँको साझा खर्क हो । थुर्जुमा केही समय राखेपछि खर्क चराउँदै गोठ गाउँतिर झार्छन । मङ्सिरमा गोठ गाउँकै सिरानमा आइपुग्छ । त्यसपछि खेतबारी मोल्ने काम हुन्छ । यतिबेला गोठालाहरू आ–आफ्नो खेतबारी मोल्न व्यस्त छन । गाउँमा आएपछि गोठालालाई पनि काममा सजिलो हुन्छ । यहाँ परिवारका अन्य सदस्यले पनि सहयोग गर्छन् । गोठालाको लेक–बेँसी चक्र यसरी नै चलिरहन्छ ।

हिउँले अन्नपात राम्रो नआउने भएकाले यहाँका बासिन्दाले भेडापालन व्यवसाय अङ्गाल्दै आएका छन । तर यीनीहरूले आधुनिक र व्यवसायिक रूप भने कहिल्यै पाएका छैनन् । जुन गाउँको गोठ हो त्यही गाउँले मात्र मासुको प्रयोगमा ठिक्क भएको छ । अहिलेसम्म गाउँ बाहेक अन्यन्त्र बेच्न सकेका छैनन् । पसगाउँका गोठाला रामबहादुर गुरुङ भन्नुहुन्छ, “गाउँले दसैँ तिहार, ल्होसार, विवाहका लागि पहिल्यै भेडा भनिराखेका हुन्छन् । अन्यन्त्र लगेर बेच्नै पर्दैन ।” गाउँबाट काठमाडौँ, पोखरा, चितवनलगायतका सहरमा गएर बस्नेहरूले पनि यहीँबाटै भेडा लैजाने उहाँले बताउनुभयो । लमजुङका डाँडापाखाहरूमा प्रसस्त घाँसेमैदानको खर्क हुँदाहुँदै पनि गोठाला र आधुनिक प्रविधि अभावमा भएका भेडीगोठको प्रगति हुन सकेको छैन । सामूहिक र व्यक्तिगत रूपमा हुँदै आएको भेडापालनलाई प्रोत्साहन गर्न सकेमा आम्दानी बढाउन सकिने सरोकारवालाहरू बताउँछन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...