दाइँ गर्न राखिएको धानमा आगलागी

Published on

काठमाडौं । सप्तरीको महादेवा गाउँपालिका-४, डाढाको मुसहरी टोलमा दाइँ (दौनी) गर्न राखिएको धानमा आगलागी हुँदा ठुलो क्षति भएको छ।  स्थानीय ६० वर्षीया रविया सदाको करिब एक बिघा खेतबाट काटिएको धान दाइँ गर्न घरछेउमै जम्मा गरिराखिएको अवस्थामा बिहीबार राति अचानक आगलागी हुँदा ठुलो क्षति भएको हो । 

आगलागीबाट करिब एक लाख ३७ हजार पाँच सय रुपियाँ बराबरको धान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । आगलागीको कारण खुल्न नसकेको र त्यसबारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । बिहीबार राति १२:३० बजे सुरु भएको आगलागी स्थानीयवासीको सहयोगमा २:१५ बजेतिर पूर्णरूपमा नियन्त्रणमा आएको थियो । अन्य कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...