रोजगारी गर्न भारत जानेको लर्को

Published on

काठमाडौं । रोजगारीका लागि स्वदेश छाड्नेहरूको क्रम बढ्दै गएको बेला यहाँको एकै गाउँका १८ जना बिहीबार मजदुरी गर्न भारत पसेका छन् । यहाँको बेलौरी नगरपालिका–९, डाँडा कुन्डाका १८ जना एकै दिन मजदुरीका लागि कफी टिप्न भारतको दक्षिणी पहाडी क्षेत्र केरला गएका हुन् । सिजन अनुसारको कामका लागि मजदुरी गर्न भारत गएको उनीहरूले बताएका छन् ।  यहाँका स्थानीय अम्मर भारतीले घरखर्च धान्नका लागि कफी टिप्न भारतस्थित केरला गएको बताउनुभयो । उहाँ तीन वर्षीय छोरालाई घरमै छोडेर श्रीमतीसँगै केरला गएका हुन् । 

“केरलाबाट कमाएको पैसाले घर खर्च धान्न सहज हुने छ” उहाँले भन्नुभयो, “बचेको केही रकमबाट आवश्यक सामग्रीसहित टेलिभिजन लगायतका उपकरण खरिद गर्ने सोच बनाएको छु ।” कुन्डाका १८ जना बिहीबार यहीबाट एउटै गाडीमा भाडा तिरेर केरलाका लागि हिँडेका थिए । उनीहरूले केरलामा आवश्यक पर्ने सामग्री घरबाटै तयार गरेर लगेको बताएका छन् ।  कफी टिप्नका लागि कञ्चनपुरका विभिन्न क्षेत्रबाट बर्सेनि युवायुवतीहरू भारतको केरला जाने गरेका छन् । जसबाट उनीहरूले सिजनमा एक लाख भारतीय रुपियाँसम्म बचत हुने गरेको बताएका छन् । घरमा तीन वर्षीय छोरालाई छाडेर कुन्डाका गङ्गा चौधरी पनि केलर पसेका हुन् । 

सामुदायिक वनमा हेरालुको काम गर्दै आउनुभएका अजव भारती पनि राजीनामा दिएर मजदुरी गर्न केरला गएको बताउँछन् । यहाँका अधिकांश युवायुवतीहरू रोजगारीको सिलसिलामा वर्षौदेखि खाडी मुलुक पसेका छन् । बिहीबार एकै दिन १८ जना भारत गएपछि गाउँ नै युवाविहीन बनेको यहाँका स्थानीय शङ्कर भारतीले बताउनुभयो । अरू समयमा भने बेरोजगार युवाहरू भारतको हरियाणा, दिल्ली, मुम्बइ लगायतको क्षेत्रमा काम गर्दैआएका छन् । हाल सिजनअनुसारको कामका लागि मजदुरी गर्न उनीहरू केरला गएको यहाँका स्थानीय चन्द्रबहादुर महराले बताउनुभयो । सरकारले रोजगारीको अवसर प्रदान गर्न नसक्दा युवायुवतीहरू बर्सेनि बाहिरिने क्रम बढ्दो क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...