सडक पूरा गर्न त्रियानब्बे करोडको सम्झौता

Published on

काठमाडौं । देशकै लामो भनिएको सैनामैना चक्रपथको अधुरो रहेको साढे १९ किलोमिटर सडक निर्माण पुनः सुरु हुने भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका र निर्माण व्यवसायीबिच सम्झौता भएसँगै अधुरो रहेको सैनामैना चक्रपथ निर्माण सुरु हुने भएको हो ।  सैनामैना नगरपालिका र निर्माण व्यवसायी लङ्गजिजन रोड एन्ड ब्रिज कम्पनी लिमिटेड र भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रालि जेभीबिच बाँकी सडक निर्माणका लागि कुल ९३ करोड १९ लाख ७६ हजार छ सय १३ रुपियाँमा सम्झौता भएको हो । सम्झौतापत्रमा सैनामैना नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनी र निर्माण व्यवसायी सहदेव खड्काले सम्झौता भएको मितिले दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी शुक्रबार हस्ताक्षर गर्नुभएको हो । 

६५ किलोमिटर लम्बाइको सैनामैना चक्रपथ देशकै ठुलो चक्रपथ हो । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाको सपनाको योजना सैनामैना चक्रपथ र पहुँचमार्गसहित साढे १९ किलोमिटर सडक निर्माणको काम सुरु हुने बताउनुभयो । उहाँले सैनामैना चक्रपथमा वडा नं. १० र ११ सालझन्डी क्षेत्रको सडक निर्माणले ग्रामीण क्षेत्रलाई सहरसँग जोड्ने र यसले पहुँच नभएको क्षेत्रको विकास र स्थानीय जनताको आर्थिक उन्नतिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  सैनामैना नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख सुरज न्यौपानेले सैनामैना चक्रपथको बाँकी रहेको साढे १९ किलोमिटर सडक निर्माणको काम अब केही दिनभित्रैमा सुरु हुने बताउँदै बस्ती रहेको स्थानमा कालोपत्रे, फुटपाथ, रिटेनिङवाल निर्माणका साथै सौन्दर्यीकरणको योजना अनुसार काम हुने बताउनुभयो । उहाँले निर्माण हुने सडकको चौडाइ अधिकतम साढे ११ मिटरमा राखेर सडक निर्माण हुने बताउनुभयो । चुरे क्षेत्र हुँदै तराईका बस्तीमा सडकको पहुँच पु¥याउन, गाउँलाई बजारसित जोड्न, कृषि उपजको बजारीकरण गर्न र सैनामैनामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई सडक सञ्जालले जोडेर पर्यटन प्रवर्धन गर्न भन्दै चक्रपथ निर्माण थालिएको थियो । 

सात वर्षअघि २०७५ सालमा ५७ करोड रुपियाँको बजेटमा सैनामैना चक्रपथ निर्माणको काम २०७८ असोज ३० सम्म सक्ने गरी सम्झौता भएको थियो । सैनामैना नगरपालिका र एसियाली विकास बैङ्कबिच पालिकाको सहरी क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिकाभित्र विकासका परियोजना लागु गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । अब भने चक्रपथ अन्तर्गत बनाउन बाँकी सैनामैना–१० र ११ को करिब साढे १९ किलोमिटर सडक र चक्रपथसँग जोडिने सहायक मार्गसमेत निर्माण हुने छन् ।  गोरखापत्र 

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...