सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

Published on

काठमाडौं । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न हुनुहुन्छ । “साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो”, उहाँले भन्नुभयो, “जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन,  गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ ।”

परम्परागत रूपमा खेती गर्दा  मुस्किलले परिवारको भरणपोषण गर्न पुग्ने जग्गामा उहाँले सागसब्जीखेती गरेर वर्षमा रु १२ लाख आम्दानी गर्दै आएको बताउनुभयो ।  उहाँ बालुवाफाँटाका सफल व्यावसायिक किसानका रूपमा परिचित हुनुहुन्छ । उहाँले दुई विघामा बाह्रै महिना सागसब्जीखेती गर्दै आउनुभएको छ । काउली, खुर्सानी, गोलभेँडालगायत सागसब्जी लटरम्म फलाएर उहाँ विदेश जान मरिहत्ते गर्ने युवा पुस्तालाई स्वदेशमा नै परिश्रम गर्न सुझाउनुहुन्छ ।

पौरखी चौधरीबाट प्रेरणा पाएर सोही स्थानका जितबहादुर चौधरी पनि व्यावसायिक सागसब्जीखेतीमा  लाग्नुभएको छ । आफ्ना उत्पादन बनारसम्म पु¥याउन उहाँले खेतबाट कमाएको रकमले एउटा ‘पिकअप भ्यान’ पनि खरिद गर्नुभएको छ । अन्नबालीभन्दा सागसब्जीबाट कुस्त कमाइ भएपछि उहाँले त्यसमा नै आफूलाई केन्द्रित गरेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...