धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

Published on

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–००२–च ३८२६ नम्बरको टाटा योद्धा पिकअप अनियन्त्रित भई सडक किनारमा पल्टिँदा विराटनगर–६ का २१ वर्षीय रोहन कामतको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन कुँवरले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीकाे भनाइ छ। घाइतेमध्ये इटहरी–५ का ४० वर्षीय सञ्जय पाल, दुहबी–९ का १९ वर्षीय एमडी एकबाल राईन, विराटनगर–७ का २६ वर्षीय रोशन कामत, इटहरी–१ का २० वर्षीय दुर्गामणि चौधरी, इटहरी–४ का १८ वर्षीय शुभम् रौनियार, इटहरी–२ का १८ वर्षीय प्रदीपकुमार दास, विराटनगर–९ का २२ वर्षीय विशाल माझी, दुहबी–६ का २१ वर्षीय आयुष चौधरी, विराटनगर–९ का २२ वर्षीय वेदा मिश्र, विराटनगर–२ का २६ वर्षीय अनु कामत तथा गाडी चालक उदयपुर ताप्ली–२ का २८ वर्षीय जीवनकुमार श्रेष्ठ रहेका छन्। दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...