ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

Published on

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका –२, रणबाङस्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडाका चालक ३७ वर्षिय सुजन पुनको घटनास्थलमै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक गोविन्द सुवेदीका अनुसार गएराति करिब साढे १ बजेको समयमा सोही वडाको डौँडेखोला भन्ने ठाउँमा एकजना यात्रुलाई छोडेर फर्किने क्रममा दुर्घटना भएको हुन सक्ने बताउनुभयो ।  सडकदेखि करिब साढे एकसय मिटर तल नदी किनारमा शवसँगै ट्याक्सीको नम्बर प्लेट लगायत विभिन्न पार्टपुर्जाहरु भेटिएका छन् । घटनास्थलमा खटिनुभएका प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो, ‘‘म्याग्दी नदी किनारमा चालकको शवसँगै ट्याक्सीको विभिन्न पार्टपुर्जाहरु फेला परेको छ ।” गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...