प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गर्नु भएको हो । भेटम पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ भने भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...