खोला किनारका बस्तीलाई बासकै चिन्ता

Published on

काठमाडौं । बाजुराका अधिकाशं खोला किनारका बस्तीमा बसोवास गर्ने स्थानीयलाई वर्षाकाे समय चिन्ताकै बास हुने गरेको छ । जिल्लाका अधिकाशं बस्ती प्राय खोला किनारकै छेउछाउमा रहेका छन् । ती बस्तीका स्थानीयलाई हिउँदको महिना राती सुन्त शान्त भएपनि वर्षाको समय कतीबेला खोला र नदीमा बाढी आएर बगाउँछ भन्ने डरले चिन्ताको बास हुने गरेको हो। २०७८ सालदेखि यहाँको बुढीगङ्गा नदीमा आउने गरेको बाढीले यहाँका अधिकाश बस्तीलाई जोखिम पार्दै गएकोले वर्षाको समय खोला र नदीको किनारमा रहेका बस्तीलाई जोखिमकै बास हुने गरेको बडीमालिका नगरपालिका–४, रिलाका स्थानीय देव नाथले बताउनुभयो। 

उहाँले भन्नुभयो, “२०७५ सा अघि बुढीगङ्गा नदीले केही पनि असर पारेको थिएन । २०७६ साल बुढीगङ्गा नदीमा साउन , भदौमा आएको बाढीपहिरोले ओलेना बस्तीलाई नै जोखिम पारेपछि अहिले यो ठाउँमा चिन्ताको बास छ ।” ओलेनामा हामी १३ घर परिवार बसोवास गर्दै आएका छाैं ।  केही वर्ष अघिदेखि यस नदीमा आउन थालेको बाढीले ती सबै घरपरिवारलाई निकै जोखिम पर्ने गरेका छन् । यी बस्ती स्थानान्तरणका लागि स्थानीय सरकार प्रदेश र सघीय सरकारसँग माग गर्दै आएका छौं । ओलेनावासीका लागि अन्य कतै सुरक्षित ठाउँको व्यवस्था गर्नु त पर्ने हो । तर पनि अहिले कुनै सरकारले हाम्रो केही वास्ता नगरेपछि अहिले हामीले ज्यान जोखिम पारेर यसै ठाउँमा बस्न बाध्य भएका छाैं । हिउँदमा आरामसँग सुत्ने गरेको भएपनि वर्षाको समय भने चिन्ताकै बासमा रात काट्नु परेको नाथले बताउनुभयो । बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडिमालिका, गौमुल बुढीगङ्गा, खप्तड छेडेदह र त्रिवेणी नगरपालिकाका लगायतका स्थानीय खोला र नदीको किनारमा बसोवास गर्दै आएका छन्। बाढीपहिरोको कारण अहिले यहाँका ती बस्ती जोखिममा छन् । तर पनि ती बस्तीलाई अहिले सम्म कतै ठाउँमा स्थानान्तरण गरेको गर्न सकिएको छैन । जोखिम बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने गरी हामीले यसको तथ्याङ्क सङ्कलन गरेर जिल्ला प्रशासन कार्यालय बाजुरा मार्तडीमा पठाएको बडीमालिका नगरपालिका–४ का वडाध्यक्ष अर्जुन नाथले बताउनुभयो । 

जिल्लाका झण्डै १३५ भन्दाबढी बस्ती स्थानान्तरण बाढीपहिरोको जोखिममा छन् । ती बस्ती स्थानान्तरणका लागि हामीले गृहमन्त्रालयमा पत्र पठाएको छ । त्यो पत्रमा यहाँको ओलेना बस्नी पनि समेटिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । यो वर्षमा पनि हिमाली गाउँपालिकाको विच्छ्या र बडीमालिकाको रजाली बस्तीलाई स्थानान्तरणका लागि गृहमन्त्रालयमा पत्रपठाएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ भुकम्म पीडित पनि धेरै छन् । उनीहरूका लागि टहार व्यवस्थापन गर्ने गरी गत वर्षमा केही रकम वितरण गरेको हो । त्यो रकमले हिमाली र गौमुल र त्रिवेणीमा केही परिवारले टहरा बनाएर बसोवास गरेका छन् ।” बस्ती स्थानान्तरण गर्नका लागि ठुलो रकमको आवश्यक हुने भएकोले त्यसका लागि हामीले गृहमन्त्रालयमा पत्राचार गरेको निरौलाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...