वडास्तरमा योजना सम्झौताका लागि घुम्ती शिविर आयोजना

Published on

काठमाडौं । जिल्लाको दक्षिणी क्षेत्रको बाजुरा जिल्लासँग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाले घुम्ती शिविरको आयोजना गरेर योजनाको सम्झौता कार्य गरेको छ । योजना सम्झौता कै लागि सेवाग्राहीलाई गाउँपालिका केन्द्र आउने पर्ने झण्झटबाट मुक्ती दिनका लागि यसवर्षबाट गाउँपालिकाले यो नयाँ उपाय अपनाएको हो ।  चालु आर्थिक वर्षका लागि तर्जुमा भएका गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगबाट निर्माण हुने जति पनि योजनाको सम्झौताका लागि वडा स्तरमा घुम्ती शिविर सञ्चालन गरेर सम्झौता कार्य धमाधम भई रहेको प्रमुख प्रशासकीय अधिकृत नर रावतले बताउनुभयो । 

जनप्रतिनिधिहरुसँग छलफलपछि कर्मचारीहरु वडा स्तरमा पुगेर भए जतिका सबै योजनाको सम्झौता घुम्ती शिविर मार्फत सेवाग्राहीलाई सहज हुने गरि सम्र्झाैता गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । यो काम गर्न शिबिरमा प्रशासकीय अधिकृत, योजना प्रमुख र प्राविधिकहरु टोली सार्वजनिक बिदा भएपनि वडामा पुगेर काम गरि रहेको उहाँले बताउनुभयो । गत पाँच दिनदेखि शिविर मार्फत वडा कार्यालयहरुमा पुगेर सम्झौता गर्ने कार्य भइरहेको छ । यसवर्ष सो गाउँपालिकामा तीनै तहका गरि ५८ वटा पूर्वाधार योजनाहरु रहेका छन् । हालसम्म पचास प्रतिशत भन्दा बढी योजनाको सम्झौता गर्ने कार्य भएको र अझै काम जारी नै उहाँको उहाँले बताउनुभयो । ताँजाकोट गाउँपालिकामा पाँच वटा वडाहरु रहेका छन् । हालसम्म दुई वटा वडामा योजना सम्झौता गर्ने कार्य सम्पन्न भई सकेको छ । केही टाढाको बस्ती मासपुर भएको र सो बस्तीका योजना सम्झौता गर्न पनि टोली पैदल हिडेर पुग्ने उहाँले बताउनुभयो । 

गाउँपालिका केन्द्रबाट बिहान योजना सम्झौताका लागि गएको टोली बेलुका काम सकेर भने गाउँपालिकामा फिर्ता हुने गरेको छ । योजना सम्झौताका लागि सबै आबश्यक कागजातहरु टोलीले बोकेर जाने र उपभोक्ता समितिसँग सिधै सम्झौता गर्न पनि सहज भएको उहाँले बताउनुभयो अब गाउँपालिका योजनाको सम्झौता मात्र वडा स्तरमा नगरि कामको मुल्याङ्कनका आधार भुक्तानीको व्यवस्था पनि यसरी स्थलगत रुपमै गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । गाउँपालिका केन्द्रमा योजनाको सम्झौताको लागि सेवाग्राहीलाई बोलाउदा समय लाग्ने, खर्च बढ्ने र सेवाग्राहीले दुःख पनि पाउने भएको कारण यस वर्ष गाउँपालिकाले यो उपाय अपनाईएको होे । गतवर्षसम्म फागुनमा गरिने योजनाको सम्झौता कार्य यसवर्ष मङ्सीर महिनाभित्र गरि सक्ने गाउँपालिकाको लक्ष्य रहेकोले त्यही अनुसार काम पनि भइरहेको गाउँपालिकाले जनाएकोछ । कर्मचारी वडास्तरमा आएर योजनाको सम्झौता गर्ने कार्य भएपछि सेवाग्राही पनि खुसी हुनु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...