जेनजी आन्दोलनको क्षतिले प्रशासन ‘अस्थायी बसाइ’ खोज्न बाध्य

Published on

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पूर्ण रूपमा क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय पुर्ननिमाृण हुन समय लाग्ने भएपछि अस्थायी बसाईको लागि खोजी गर्न थालिएको छ । पुन:निर्माण समय लाग्ने भएकाले अब सेवा प्रवाह वैकल्पिक स्थानबाट सञ्चालन गर्नुपर्ने आवश्यकता भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताउनुभयो । प्रशासन अहिलेको अवस्थालाई केवल “आपत्कालीन व्यवस्थापन” झैँ सम्हालिरहेको उहाँले बताउनुभयो ।

तीन महिनाको अवधिमा ५० हजारभन्दा बढी सेवाग्राही कार्यालयमा आएको उल्लेख गर्दै प्रजिअ अधिकारीले हाल उद्योग वाणिज्य संघ तनहुँको सहयोगमा दुई कोठा मर्मतपछि सेवा सञ्चालनमा ल्याइए पनि अन्य अधिकांश कोठा भत्किएको र आगजनीबाट नचल्ने अवस्थाका भएकाले नियमित सेवा प्रवाह कठिन बनेको बताउनुभयो । उहाँका अनुसार क्षतिग्रस्त कोठामा काम गर्नुपर्ने बाध्यता अझै कायम छ, जसले प्रशासनलाई जोखिमपूर्ण अवस्थामा निरन्तर सेवा दिन बाध्य बनाइरहेको छ । प्रजिअ अधिकारीका अनुसार गण्डकी प्रदेश मातहतका कार्यालयहरू कृषि विकास कार्यालय तथा हाल एकीकृत कार्यालयको रूपमा रहेको उद्योग तथा पर्यटन कार्यालयको भवन अस्थायी रूपमा प्रयोग गर्न माग गरिएको थियो । तर प्रदेश सरकार तत्काल भवन उपलब्ध गराउन नसकेपछि प्रशासनलाई वैकल्पिक स्थान खोज्न थप दबाब परेको उहाँले बताउनुभयो । सेवा प्रवाह सहज बनाउन कार्यालयले भीड बढेको समयमा बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म अतिरिक्त समय थपेर सेवा दिइरहेको जनाइएको छ । अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने नागरिकका घरमै पुगेर सेवा पुर्‍याइएकाे छ ।

प्रतिकुल भवनको बाबजुद त्रैमासिक अवधिमा पाँच हजार तीन सय ८८ जनालाई राष्ट्रिय परिचयपत्र, तीन हजार छ सय ५९ जनालाई राहदानी, तीन हजार छ सय सात जनालाई नागरिकता, एक हजार दुई सय १३ जनालाई सिफारिस तथा प्रमाणीकरण सेवा प्रदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सोही अवधिमा चार सय ३४ जनाको गुनासो सम्बोधन, तीन सय ९८ जनाको संस्था दर्ता-नवीकरण, एक सय ४० जनालाई नाबालक परिचयपत्र, ६५ जनालाई हातहतियार नवीकरण तथा नामसारी सेवा प्रदान गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...