मुख्यमन्त्री शाह र अध्यक्ष ढकालबिच भेटवार्ता

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालबिच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री निवासमा दुवैबिच भेटवार्ता भएको हो । औपचारिक भेटको क्रममा अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनको अवसरमा महासङ्घले तयार पारेको सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती स्थितिपत्र–२०८१ मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नुभयो । 

स्थितिपत्र ग्रहण गर्नु हुँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा लगानीको सम्भावना विशाल रहेको चर्चा गर्नुभयो । उहाँले लगानी अनुकूल वातावरण निर्माणलाई प्रदेश सरकारले प्राथामिकता दिएको बताउनुभयो । निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले सुदूरपश्चिमको कर्णाली–चिसापानी क्षेत्रमा पाँच अर्ब रुपियाँ लगानीमा केवलकार परियोजना सञ्चालन गरी प्रदेशमा लगानीमैत्री वातावरण बनाउन टेवा पु¥याएकोमा ढकाललाई धन्यवाद दिनुभयो । अध्यक्ष ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, धार्मिक तथा जलस्रोत क्षेत्रमा अपार सम्भावना रहेको बताउनुभयो । उहाँले यस प्रदेशमा ठुला लगानी आकर्षित गर्न महासंघ प्रतिवद्ध रहेको उल्लेख गर्दै थप्नुभयो,“चिसापानीमा पाँच अर्बमा निर्माण भइरहेको केवलकार परियोजनाले यस प्रदेशको आर्थिक विकासमा टेवा पुग्नेछ ।”

अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय सिमानासंग नजिक रहेको सुदूरपश्चिम प्रदेशका अन्तर्राष्ट्रिय लगानीको अवसर पनि बढि रहेको उल्लेख गर्नुभयो । नेपाललमा नकारात्मक धारणाभन्दा पनि सकारात्मक उर्जा र लगानीमैत्री सोंच आवश्यक रहेकरो उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

बञ्जर र बगर क्षेत्रलाई हरियाली बनाउँदै बाँकेका सामुदायिक वन

काठमाडौं । बाँकेका सामुदायिक वनले विभिन्न क्षेत्रका बञ्जर र बगर ठाउँलाई हरियालीमा परिणत गर्न...

कम्बोडियाको आर्थिक वृद्धि सीमा विवाद र अमेरिकी शुल्क वृद्धिका कारण सुस्त : विश्व बैङ्क

काठमाडौं । सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक...

एनपिएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर...

एनपिएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच...