मुख्यमन्त्री शाह र अध्यक्ष ढकालबिच भेटवार्ता

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालबिच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री निवासमा दुवैबिच भेटवार्ता भएको हो । औपचारिक भेटको क्रममा अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनको अवसरमा महासङ्घले तयार पारेको सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती स्थितिपत्र–२०८१ मुख्यमन्त्रीलाई हस्तान्तरण गर्नुभयो । 

स्थितिपत्र ग्रहण गर्नु हुँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा लगानीको सम्भावना विशाल रहेको चर्चा गर्नुभयो । उहाँले लगानी अनुकूल वातावरण निर्माणलाई प्रदेश सरकारले प्राथामिकता दिएको बताउनुभयो । निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले सुदूरपश्चिमको कर्णाली–चिसापानी क्षेत्रमा पाँच अर्ब रुपियाँ लगानीमा केवलकार परियोजना सञ्चालन गरी प्रदेशमा लगानीमैत्री वातावरण बनाउन टेवा पु¥याएकोमा ढकाललाई धन्यवाद दिनुभयो । अध्यक्ष ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, धार्मिक तथा जलस्रोत क्षेत्रमा अपार सम्भावना रहेको बताउनुभयो । उहाँले यस प्रदेशमा ठुला लगानी आकर्षित गर्न महासंघ प्रतिवद्ध रहेको उल्लेख गर्दै थप्नुभयो,“चिसापानीमा पाँच अर्बमा निर्माण भइरहेको केवलकार परियोजनाले यस प्रदेशको आर्थिक विकासमा टेवा पुग्नेछ ।”

अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय सिमानासंग नजिक रहेको सुदूरपश्चिम प्रदेशका अन्तर्राष्ट्रिय लगानीको अवसर पनि बढि रहेको उल्लेख गर्नुभयो । नेपाललमा नकारात्मक धारणाभन्दा पनि सकारात्मक उर्जा र लगानीमैत्री सोंच आवश्यक रहेकरो उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...