पशु स्वास्थ्य शिविरमा १४ सय बढी पशुपंक्षीको उपचार

Published on

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका वडा ९ कतर्नियामा आयोजना गरिएको एक दिने पशु स्वास्थ्य शिविरमा दुई सय तीन जना किसानको एक हजार चार सय ३५ वटा पशुपंक्षीको उपचार गरिएको छ । शिविरमा पाँचसय तीन वटा बाख्रा, ६५ वटा गाई भैंसी, ४० वटा बंगुर, र आठ सय २७ वटा कुखुरा र हाँसको उपचार गरिएको थियो । त्यसैगरी ९८ जना किसानलाई प्राविधिक सल्लाह समेत दिइएको बारबर्दिया नगरपालिकाका पशुसेवा शाखाका प्रमुख दिपक राज थापाले बताउनुभयो । उहाँले शिविरमा पशुपंक्षीहरूको स्वासथ्य जाँच, परिजिवि नियन्त्रण, भ्याक्सिन लगाएतका सुविधा दिइएको बताउनुभयो । 

किसानलाई गाउँ गाउँमा सेवा दिने उद्देश्यले पशु स्वास्थ्य शिविर राखिएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले बताउनुभयो । उहाँले नगरपालिकाले सञ्चालन गरेका पशु उपचार केन्द्रबाट नियमित सेवा लिई लाभ लिनका लागि किसानहरूलाई अनुरोध गर्नुभयो । बारबर्दिया नगरपालिका र हेफर इन्टरनेशनलको आर्थिक सहयोगमा थारू महिला उत्थान केन्द्रको सहजीकरणमा शिविर सञ्चालन गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...