पशु स्वास्थ्य शिविरमा १४ सय बढी पशुपंक्षीको उपचार

Published on

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका वडा ९ कतर्नियामा आयोजना गरिएको एक दिने पशु स्वास्थ्य शिविरमा दुई सय तीन जना किसानको एक हजार चार सय ३५ वटा पशुपंक्षीको उपचार गरिएको छ । शिविरमा पाँचसय तीन वटा बाख्रा, ६५ वटा गाई भैंसी, ४० वटा बंगुर, र आठ सय २७ वटा कुखुरा र हाँसको उपचार गरिएको थियो । त्यसैगरी ९८ जना किसानलाई प्राविधिक सल्लाह समेत दिइएको बारबर्दिया नगरपालिकाका पशुसेवा शाखाका प्रमुख दिपक राज थापाले बताउनुभयो । उहाँले शिविरमा पशुपंक्षीहरूको स्वासथ्य जाँच, परिजिवि नियन्त्रण, भ्याक्सिन लगाएतका सुविधा दिइएको बताउनुभयो । 

किसानलाई गाउँ गाउँमा सेवा दिने उद्देश्यले पशु स्वास्थ्य शिविर राखिएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले बताउनुभयो । उहाँले नगरपालिकाले सञ्चालन गरेका पशु उपचार केन्द्रबाट नियमित सेवा लिई लाभ लिनका लागि किसानहरूलाई अनुरोध गर्नुभयो । बारबर्दिया नगरपालिका र हेफर इन्टरनेशनलको आर्थिक सहयोगमा थारू महिला उत्थान केन्द्रको सहजीकरणमा शिविर सञ्चालन गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

काठमाडौं । यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको...

प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता...

गृहमन्त्री अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबिच शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु...